पोखरामा भारतियहरुको फिल्मीशैलीमा दादागिरी ! ४ बर्ष अघिको त्यो हत्याकाण्डले लियो नया मोड (भिडियो सहीत)

पोखरा । प्रहरीको जानकारी र पिडितको बयानलाई आधार मानेर भन्ने हो भने ३ भारतिय नागरीक पोखरामा आएर दादागिरी देखाएका छन । पोखरा घुम्न भनेर बिहार बाट आएका भारतियहरुले पोखराको एक होटलका संचालक लाई फिल्मी शैलीमा अपहरणको प्रयास गर्दै कुटपिट गरी गुडिरहेको गाडीबाट फालिदिए ।उनीहरु अहिले प्रहरीको फन्दामा छन । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले पिडितको बयान सहीत ३ भारतियहरुलाई प्रस्तुत गरेको छ । गण्डकी छड्केको आजकै श्रृखलामा अर्को एउटा ह्रदयबिदारक घटना छ ।

आमाको मुख हेर्ने दिनको पुर्वसन्धामा प्रस्तुत गरीएको कार्यक्रममा एक आमा, जसको छोराको ४ बर्ष अघि रहस्यमय हत्या हुन्छ ।४ बर्ष सम्म ति आमा रुदै, कराउदै, भक्कानिदै बिभिन्न निकायमा छोराको लागी न्यायको भिख माग्छीन । तर प्रहरीले अपराधीको अत्तोपत्तो पाउन नसकेको यो घटनाले ४ बर्ष पछी नया मोड लिएको छ ।

Loading...
प्रकाशित मिति २० बैशाख २०७६, शुक्रबार १७:४९