नेपालमा पनि भेटियो कोरोना भा’इरस । सतर्क रहन आग्रह

काठमाडौँ। चीनबाट नेपाल फर्किएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण हुँदा कोरोना भा’इरसको स’ङ्क्रमण भेटिएको जनाइएको छ। भा’इरस स’ङ्क्रमित बि’रामी आउनसक्ने स्थानमा तयारी र स’तर्कता अपनाइएको छ। त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने श’ङ्कास्पद बि’रामीको निगरानी भइरहेको मन्त्रालयले जनाएको छ।

साक्षात्कार कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भा’इरस सरुवा भएकाले सतर्क हुन सबैलाई अपिल गर्नुभयो। उहाँले भन्नुभयो, कोरोना भा’इरस अध्ययनको विषय बनेको छ, तर धेरै भयावह स्थिति छैन। प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भ’इरसबाट स’ङ्क्रमण भएकामध्ये तीनदेखि चार प्रतिशतको मृ’त्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पताललाई तयारी अवस्थामा राखिएको जनाइएको छ। अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सरुवा रो’ग विशेषज्ञ चिकित्सक डा शेरबहादुर पुनले कोरोना भा’इरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाव दिनुभयो। उहाँले भन्नुभयो, कोरोना भा’इरस आफैँमा नयाँ रोग होइन, यसपटकको भा’इरस नयाँ प्रजाति हो।

Loading...
प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ०२:०६