मनकामना माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ १५ गते बुधबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
सरकारी निकाएको भय रहला। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। आ’कस्मिक धन लाभ हुनेछ। प्रेमीको सहयोग पाईनेछ। विश्वास गरेकाले साथ दिनेछन्।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
आज काम गर्दा अ’पजस आइलाग्न सक्छ भने वि’वादसमेत सिर्जना हुनसक्छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। वैदेशिक क्षेत्रपनि क’मजोर रहला।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही ख’र्च हुनसक्छ। बन्धु बान्धव बाट सहयोग मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
मन खिन्न हुने स्थिति आउनेछ। मानसिक द’बाब र त’नाव बढेको महसुस हुनेछ। दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ। मन क’मजोरपनि रहला।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। कसैलाई सन्तान लाभ हुनसक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। श’त्रु प’राजित हुनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
अनुहारमा कान्ति र मनमा शान्ति छाउला। कूटनीतिक नियोगको सहयोग मिल्ला। कार्यमा सफलता पाईनेछ। दिनको उत्तरार्धमा धन ख’र्च हुनेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
पारिवारिक सुख एवं सहयोग मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। रमाइलो यात्राको योग रहेको छ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ। आज सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। नयाँ वस्त्र, अ’लंकारको प्राप्ति हुनेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
जोश जाँगर र हिम्मत वढ्नेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ। सन्तान सुख मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। बौद्धिक विकास होला। धार्मिक यात्राको योगपनि छ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

फुर्सदमा यो मार्मिक भिडियो पनि हेर्नुहोस्।

Loading...
प्रकाशित मिति १५ माघ २०७६, बुधबार ००:५०