काठमाडौं। सं’युक्त मगर मन्च, नेपालले प्रदेश ५ को नाम मगरात हुनुपर्ने माग गरेको छ। प्रदेश ५ मा मगरको जनसंख्या सबैभन्दा धेरै भएको र आ’दिमकालीन नामसमेत भएकाले प्रदेशको नाम मगरात हुनुपर्ने मन्चको तर्क छ।
प्रदेश नं ५ को नामाकरण गर्दा खोला, नाला, जंगलको नामबाट नराखी त्यस क्षेत्रको सबैभन्दा ठूलो उ’त्पी’डित समुदाय मगरहरुको आ’दिम र आधुनिक नेपालको प्रचीन सभ्यता मगराँत भएको हुनाले इतिहासको सम्मानर्थ पनि मगराँत नामाकरण गर्न जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ।
२०६८ को जनगणना अनुसार प्रदेश न: ५ मा मगरको जनसंख्या ७ लाख १ हजार ५ सय ८६ छ। प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर रहेको दावी गरेको छ। प्रदेश ५ मा ४५ लाख जनसंख्या रहेको छ। तर प्रदेश सरकारले सार्वजनिक गरेको तथ्यांकमा भने मगरको जनसंख्या १५.१ प्रतिशत र थारुको १५.२ प्रतिशत छ। सरकारको तथ्यांकप्रति मगर समुदायको अ’सहमति छ। झोर्ले साप्ताहिकबाट