सुपा देउराली माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ १६ गते बिहिवारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
स्वास्थ्यमा ख’र्च बढ्नेछ। यात्रामा मालसामान ह’राउन सक्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
आज नयाँ कर्यको सुरुवात गर्न सकिनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। सहकर्मीबाट वि’रोध आउला। नियमित ख’र्चसमेत बढ्ने योग छ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
शुभारम्भको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। धार्मिक कार्यमा सहभागी भईनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
स्वस्थ्य सम्बन्धी चि’न्ता बढ्नेछ। साझेदारी काममा उल्झन आउनेछ। बन्न लागेको काम वि’ग्रिनेछ। सामान ह’राउने वा चो’री हुने सम्भावना छ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथी भाइले पनि राम्रै सहयोग जुटाउनेछन्। कहीँ कतैबाट कुनै उपहार प्राप्त होला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
महत्त्वपूर्ण कामको थालनी हुनेछ। परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
भाग्यले विभिन्न अवसर जुराउनेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। घरमा अतिथीको आगमन हुनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
रो’किएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोवारमा सफलता पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

फुर्सदमा स्वरकी धनी गायिका धना परियारको मिठो सुमधुर भिडियो पनि हेर्नुहोला।

Loading...
प्रकाशित मिति १६ माघ २०७६, बिहीबार ००:३८