स्वयम्भू नाथ मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ १७ गते शुक्रबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
गरेको काममा अपेक्षाकृत सफलता हात नपर्ला। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सकेसम्म कम बोल्नु तथा नै हितकर हुन्छ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
धार्मिक यात्राको योगछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ। इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अरूले सापटी लगेको रकम फिर्ता गर्न गारोपर्ला, तर मतभेद भए पनि माया एवं समझदारी भने कायम रहनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आत्मिक सन्तुष्टि मिल्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
यात्रामा सावधानी अपनाउनु पर्नेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। वैदेशिक क्षेत्र कमजोर रहला। परिवारको खुसीका लागि केही खर्च गर्नुपर्ला।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ। शुभकार्यको चर्चा चल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ। परिवारमा सुख सन्तोष छाउनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज राज्यबाट मान सम्मान पाइनेछ। आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ। विभिन्न माध्यमबाट सहयोग प्राप्त होला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। अचल सम्पत्ती हात पर्ने योगछ। शुभ समाचार सुन्न पाइएला। कहीँ, कतैबाट कुनै उपहार प्राप्त होला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
कार्य सम्पादनमा सहजता मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। बैदेशिक कार्य अघि बढ्नेछ, तर व्यक्तिगत खुसीका लागि खर्च हुनसक्छ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। जोश जाँगर र हिम्मत वढ्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
आज शुभकार्यको चर्चा चल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

फुर्सदमा मूड फ्रेस गर्ने सम्प्रिया खड्काको डान्स पनि हेर्नुहोस्।

Loading...
प्रकाशित मिति January 31, 2020