गायिका जानकी तरामी मगर र खेम सेन्चुरीको दिलको माझै माझ। भिडियो सहित

काठमाडौं। नेपाली लोक गायनका क्षेत्रमा लोकप्रिय र अलग पहिचान बनाउन सफल गायिका हुन् जानकी तारमी मगर। उनले थुप्रै मौलिक र समय सान्दर्भिक गीतमा आवाज भरेर चर्चा र लोकप्रियता कमाएकी छिन्। जानकी देश तथा विदेशमा हुने विभिन्न मेला महोत्सवमा पनि उतिकै व्यस्त रहन्छिन्।

केहि महिना अघि गायक एवं संगीतकार खेम सेन्चुरीसँगको सहकार्यमा छप्पै माया लै लै बोलको तीज गीत ल्याएकी थिइन्। उक्त गीतको सहकार्यलाई दर्शक श्रोताले रुचाइदिएका जानकी र खेम पुनः यतिबेला नयाँ गीत लिएर आएका छन्। दिलको माझै माझ’ बोलको गीतलाई जानकीले प्रस्तुत गरेकी हुन्। नेत्र अर्यालको शब्द रहेको यो गीतमा संगीत खेम सेन्चुरीको रहेको छ।

गायनमा गायिका जानकीलाई खेम सेन्चुरीले साथ दिएका छन्। राग स्टुडियोमा रेकर्ड भएको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ। गीतको सुन्दर म्यूजिक भिडियो निर्माण समेत गरेकी जानकीले यहि गीतको म्यूजिक भिडियोमा खेमसँगै कम्मर मर्काएकी छिन्। शिब विकले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने गीतको म्यूजिक भिडियो प्रविण भट्टले सम्पादन गरेका हुन्।

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति १८ माघ २०७६, शनिबार ०२:१०