पुष महिनामा मात्रै ५२ हजार श्रमिक विदेश पलायन । सरकारलाई बधाई

मनोज पराजुली, काठमाडौं। वैदेशिक रोजगारीको लागि पुष महिनामा मात्रै ५२ हजार भन्दा बढी युवा विदेशिएका छन्। संस्थागत, रिईन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ५२ हजार २ सय २५ जना रोजगारीका लागि विदेशिएका हुन्।

वैदेशिक रोजगार विभागको पुस महिनाको रेकर्ड अनुसार सबै भन्दा धरै कामदार मलेसिया गएका छन्। गत महिना ७ हजार ८ सय ४१ जना गत पुष महिनामा मलेसिया गएका छन्। मलेसियापछि साउदीमा धेरै नेपाली कामदार गएका छन्। पुषमा साउदी अरब जानेको संख्या ६ हजार ३ सय २८, यूएई जानेको संख्या ५ हजार ६ सय ५९ रहेको छ, भने कतार जानेको संख्या ४ हजार ८ सय २२ रहेको छ।

पुष महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका छन्। चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै २ लाख ५० हजार भन्दा बढी नेपाली विदेशिएका छन्। विभागले सार्वजनिक गरेको साउन महिना देखि पुस सम्म ६ महिनाको रेकर्ड अनुसार रोजगारीको लागि कुल २ लाख ५३ हजार १३ जना नेपाली कामदार विदेशिएका हुन्।

दि रिभर ओभरसिज एक नम्बरमा

दि रिभर ओभरसिज प्रा.लि. सबै भन्दा बढी कामदार पठाउने म्यानपावर सूचीको पहिलो नम्बरमा परेको छ। रिभरले पुस महिनामा मात्रै ५ सय ९३ कामदार पठाएको छ। मंसिर महिनामा ४ सय ८५ जना विदेश पठाएर ब्ल्यू ओसियन पहिलो स्थानमा रहेको थियो।

प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले ४ सय ५१ कामदार पठाएर सूचीको दोश्रो नम्बरमा परेको छ। तेश्रो नम्बरमा रहेको कोशी ईन्टरनेशनल सर्भिस प्रा.लि.ले ४ सय ३२ जना पठाएको छ। मंसिर महिनामा दोश्रोमा रहेको एस.ओ.एस सर्भिसेस् प्रा.लि. ले ४ सय ३२, तेश्रोमा रहेको नौकरी नेपाल प्रा.लि.ले ३ सय ६८ जना विदेश पठाएका थिए।

पुष महिनामा चौथो नम्बरमा रहेको अन्जली ओभरसीज सर्भिस प्रा.लि.ले ३ सय ६०, एस.ओ.एस सर्भिसेस प्रा.लि.ले ३ सय १७ कामदार पठाएर पाँचौं, २ सय ८७ कामदार पठाएर भिजन एण्ड भ्यालु ओभरसीज प्रा.लि छैठौं नम्बरमा परेको छ। डिके रिभर ओभरसीज प्रा.लि. र ग्राण्ड शिखर ओभरसीज प्रा.लि. ले समान २ सय ७१ जना कामदार पठाएर सातौं, मास ह्युमन रिसोर्स प्रा.लि.ले २ सय ५८ कामदार पठाएर आठौं, ए एस ईन्टरनेशनल ग्रुप प्रा.लि ले २ सय ४७ जना कामदार पठाएर नवौं र २ सय २० कामदार पठाएर साउण्ड लाइन्स दशौं स्थानमा परेको छ।

विभागमा दर्ता रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये पुस महिनामा ७ सय ६८ म्यानपावर कम्पनीले मात्र कामदार पठाएका छन्। पुष महिनामा सय जना भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको संख्या ५३ रहेको छ भने दश जना भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको संख्या २ सय ७३ रहेको छ। ८६ म्यानपावर कम्पनीले एकजना पनि कामदार पठाएका छैनन्।

रि’पोर्ट अनुसार अदक्ष कामदार बढी।

पुस महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन्। गत महिना २९ हजार ९ सय ६५ अदक्ष कामदार विदेश पुगेका छन्। त्यस्तैगरी सीपयुक्त जनशक्ति १७ हजार ६०६, अर्धसिप भएका ४ हजार २०, व्यवसायिक सिप भएका २८ जना र विशिष्ट सिप भएका ६ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ। सरकारले आगामी ५ वर्ष भित्र बाध्यकारी बैदेशिक रोजगार अन्त्य गर्ने लक्ष्य लिएको छ तर त्यस अनुरुप काम हुन नसक्दा युवाहरु बैदेशिक रोजगारीमा जाने क्रम भने रोकिएको छैन। साझा सवाल

Loading...
प्रकाशित मिति १९ माघ २०७६, आईतवार ०२:०६