मि’र्गौला फेर्छु अनि सरकार चलाउछु । केपी ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला छिट्टै ट्रान्सप्लान्ट गर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँग मंगलबार कुराकानी गर्दै यस्तो बताएका हुन्। मेरो किड्नी चाँडै नै ट्रान्सप्लान्ट गर्ने हो, प्रधानमन्त्री ओलीले भने। अनि तीनवर्ष बेस्सरी काम गर्ने हो। उनले बाँकी तीनवर्ष पनि आफैं प्रधानमन्त्री हुने स्पष्ट पारे। मैले पहिले पनि भनेको थिएँ, उनले भने। आलोपालो भनेर पहिले भनिएको हो। अहिले उहाँ (प्रचण्ड) कै प्रस्तावमा अब म एक्लैले पाँचवर्ष शासन गर्ने भन्ने भएको छ।

प्रधानमन्त्री ओलीले एमसीसी संसद्बाट छिट्टै पारित हुने बताए। उनले पहिले सम्झौता गर्ने अनि पछि छलफल गर्ने नेपालीको बानी नै भएको उल्लेख गर्दै पहिलको सरकारले गरेको सम्झौतामा अहिले आएर आईपीएस भन्ने आरोप लगाइएको बताए। हामीले हाम्रो स्वार्थ हेर्ने हो, उनले भने। पाँचवर्षभित्रमा सबै गरिसक्नुपर्नेछ। नभए सबै फिर्ता जान्छ। त्यसैले संसदबाट पारित गर्न हतार गर्नुपरेको हो। अमेरिकाले सुशासन, भ्र’ष्टाचार वि’रुद्ध र लोकतन्त्रको हितमा प्रयोग गर्ने भनेकाले यसमा डराउनुपर्ने कुनै कारण नभएको उनको टिप्पणी थियो।

यती होल्डिङ्स अघिल्लो सरकारले दरबार अघिको जग्गा लिजमा दिएको भए पनि विधि र प्रक्रिया पु¥याएर दिएको प्रधानमन्त्री ओलीको टिप्पणी थियो। गोकर्णमा पनि कुनै घो’टाला भएको छैन। प्रधानमन्त्री ओलीले भने, मेरो सम्बन्धमा घो’टाला र भ्र’ष्टाचारको प्रश्न नै उठ्दैन होला भन्ने ठान्छु। उनले आफ्ना पालामा ठूला भ्र’ष्टाचार वि’रुद्धका काम भएको बताए। कानुनी राजको सिद्धान्तमा मोलाहिजा छैन, प्रधानमन्त्री ओलीले भने। ललिता निवास प्रकरणमा छानबिन हुँदैछ। सुन प्रकरणमा दो’षी देखिएका का’रवाहीको दायरामा आएका छन्। उच्च ओहदाका व्यक्तिलाई पनि का’रवाही गरिएको छ।

उनले सरकार अ’सहिष्णु र स्वतन्त्र प्रेस वि’रोधी नभएको टिप्पणी गरे। सरकार अ’सहिष्णु छैन र हुँदैन पनि, उनले भने। स्वतन्त्रता यो सरकारले चाहे पनि जाँदैन। यो सरकार आ’न्दोलन र ब’लिदानपूर्ण सं’घर्षको निचोड हो, उनले भने। प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपालाई बढावा नदिन आग्रह गरे। विप्लव समूह पैसा लुट्न राजनीतिमा लागेको हो, उनले भने। यसलाई बढावा दिन हुँदैन। उनले सरकारको तर्फबाट स्वतन्त्र प्रेसका विपक्षमा कुनै काम भएको भए सच्याउन तयार रहेको बताए। सिधाकुरा

Loading...
प्रकाशित मिति २२ माघ २०७६, बुधबार ०९:४३