सुपा देउराली माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ २४ गते शुक्रबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
न्यायिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। नयाँ कार्य वा रोजगार पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
विशिष्ठ व्यक्तिको साथ पाईनेछ। राजननितक कार्यमा सफलता मिल्नेछ। जोश,जाँगर र हिम्मत बढ्नेछ। अचल सम्पत्तिको कारोवार हुनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। मनोरञ्जनमा सहभागीता भइएला। पुनर्मिलनको योग रहेको छ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बोलीको प्रभाब बढ्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पढाइ लेखाइमा प्रगति हुनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज भाग्यले विभिन्न अवसर जुराउनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नयाँ कामको थालनी होला। मान प्रतिष्ठामा बृद्धि हुनेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
आज निर्णायक क्षमतामा कमी आउनेछ। स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। चु’नौतीको सामना गरी ग’लत निर्णय लिनपुगिएला सचेत रहनुहोला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
सन्तान सुख मिल्ने नै छैन। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। जोश जाँगर र उमङ्ग बढ्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
पारिवारिक उल्झनमा परि आँटेको काम वि’ग्रनेछ। सौन्दर्यतामा धन ख’र्च हुनेछ। प्रेममा म’नमुटाव रहला। सामान ह’राउने योग छ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
आँटेको र ताकेको कार्य पुरा होला। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज शरीर भारि र मन अस्थिर रहने सं’केत देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मु’स्किल पर्ला। घरायसी वि’वादपनि बढ्ला।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०१:४०