मलेसियामा पाकिस्तानी सुरक्षा गार्ड भित्र्याउने । नेपाललाई घा’टा

काठमाडौं। मलेसियाले अबदेखि पाकिस्तानी सुरक्षागार्ड लिने भएकाे छ। पाकिस्तानी पत्रिका ‘द नेसन’का अनुसार करिब १ लाख ५० हजार पाकिस्तानी सुरक्षागार्ड मलेसियाले लिन लागेकाे समाचार लेखेकाे छ।

उक्त पत्रिकाकाले पाकिस्तानी अधिकारीकाे भनाइ उल्लेख गर्दै लेखेकाे छ। मलेसियाले नेपालबाट मात्रै सुरक्षा गार्ड लिईरहेकाेमा मलेसियाले कानुन संसाेधन गर्दै अन्यदेशबाट पनि सुरक्षागार्ड लिने जनाएको छ। याे पाकिस्तानका लागि उत्तम कामदार पठाउने ठुलाे अबसर हाे।

मलेसिया पनि पाकिस्तानी सुरक्षागार्ड लिनेमा सकारात्मक रहेकाे छ। पाकिस्तानी प्रवासी तथा मानव संसाधन विकास मन्त्रालयका एक वरिष्ठ अधिकारीले उक्त घ’टनाको पुष्टि गर्दै मलेसियाले १ लाख देखि १ लाख ५० हजारसम्म पाकिस्तानी सुरक्षा गार्ड भर्ती गर्ने सम्भावना रहेको र प्रक्रिया काे अन्तिम चरणमा पुगेकाे पत्रिकाले उल्लेख गरेकाे छ।

साथै आगामी केहि दिनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मलेसिया भ्रमण गर्नेछन। भ्रमणको क्रममा खानले पाकिस्तानी सुरक्षा गार्डलाई मलेसिया पठाउने सम्झौतालाई औपचारिकता दिने विश्वास गरिएकाे पत्रिकाले लेखेकाे छ। हिमाल टाइम्स

Loading...
प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १४:४५