अनलाइन खोजी प्रतिभा प्रा.लि द्वारा चियापान कार्यक्रम सम्पन्न।

काठमाडौं। अनलाइन खोजी प्रतिभा प्रा.लिले तेस्रो वार्षिक कार्य समिति चयन तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ। साथै विभिन्न कलाकर्मी तथा वरिष्ठ व्याक्तित्वलाई सम्मान गरेको छ। बुढानिलकण्ठ नगरपालिका – ४ पासिकोटमा भएको कार्यक्रममा अध्यक्ष हिरो राई लगायत सम्पूर्ण कलाकारहरुको संयुक्त प्रयासमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा सात सदस्य समिति चयन भएको छ। संस्थाका सस्थापक अध्यक्ष, गायक: हिरो राई, चलचित्र कर्मी नायक, महासचिव: अजय खड्का, उपाध्यक्ष: आनु लामा, सचीव: नारायण उपाध्य, कोषअध्यक्ष: पुर्णिामा थापा मगर, सल्लाहकार: माईला खड्का, चयन गरिएको छ।

कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुलाई पनि सम्मान गरिएको थियो। उक्त कार्यक्रममा चलचित्र निर्देशक र कलाकार गरि ८ जना कलाकारलाई सम्मान गरिएको थियो। डाइरेक्टर टेकेन्द्र कार्की, प्रकाश श्रेष्ठ, बिन्दु के सी, अनुषा थापा, स्वस्तिका घिमिरे, भोजपुरी नायक प्रबेज खान, जानिसार खान, र सस्थाका महासचिव अजय खड्का ज्युलाई सम्मान गरिएको छ।

कार्यक्रम बिहान आठ बजे देखि सुरु हुने भनिएता पनि प्राविधिक कारण १२ बजे देखि सुरु हुन गएको थियो। कार्यक्रममा बोल्दै सस्थापक अध्यक्ष हिरो राईले कलाकार देशको गहना, मान, प्रतिस्था, ईज्जत् हुन भन्दै कलाकार प्रतिको माया मोहलाई नेपाल सरकारको ग’म्भीर ध्यानाकर्षण होस भन्ने भनाइ राख्नु भएको थियो।

Loading...
प्रकाशित मिति २६ माघ २०७६, आईतवार १४:२९