काठमाण्डौं / पुराना कलाकारहरुको सम्मान र नयां प्रतिभालाई अवसर दिदै आईरहेको इन्द्रेणी कार्यक्रममा बाल प्रतिभाहरुको सहभागिता बढी रहेको छ ।
मौलिक कला संस्कृतिको जगेर्ना गर्नुको साथै सेवा, सन्देश र मनोरञ्जन एकैसाथ प्रवाह हुने इन्द्रेणी कार्यक्रम पछिल्लो समयमा विश्वभरि नै अत्याधिक लोकप्रिय बन्दै गई रहेको छ । नयां नयां प्रतिभाहरुको विकाश र पुराना स्रजक तथा वरिष्ठ कलाकारहरुको उच्च सम्मान हुंदै आई रहेको छ ।
त्यस्तै, यसै क्रममा काभ्रेकि ८ बर्षिय आयुषा गौतम संग अतभुत क्षमता भएको पाईएको छ । उनी अहिले २ कक्षामा अध्ययनरत् छिन् । आफ्नी आमासंग काठमाण्डौं घुम्न आएकि आयुषालाई इन्द्रेणी समजका अध्यक्ष तथा सञ्चालक कृष्ण कंडेलले गीत गाउने अवसर जुटाउनु भएको थियो ।
पहिलो दोहोरी गीत इन्द्रेणीकै कलाकार छत्र बहादुर शाहीसंग गाउंदा छत्रलाई शब्दवाणले ठाउंको ठाउं पारेकिछिन् । उनको शब्द चयन वरिष्ठ, पाको र राष्ट्रियस्तरको कलाकार भन्दा कम छैन ।
हेरौ आजको यो दोहोरी