Breaking: पश्चिमाञ्चल अस्पतालले कोरोना भाइरसको जस्तो लक्षण भएका विरामीलाई पनि घर पठायो……

Breaking: पश्चिमाञ्चल अस्पतालले कोरोना भाइरसको जस्तो लक्षण भएका विरामीलाई पनि घर पठायो……

सोमबार रुघाखोकी लागेका, ज्वरो आएको र छातीमा संक्रमण भएका एक विरामी उपचारार्थ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गए का थिए। उनको ज्वरो १०३ थियो भने छातीमा निमोनिया थियो । रुघा खोकी पनि लागेको थियो । सोमबारै उनको स्वाब संकलन गरेर पठाइएको छ । शसस्त्र प्रहरीमा तालिमरत उनको ट्राभल हिस्ट्री नभएको भन्दै घर पठाएको अस्पताल श्रोतले जानकारी दियो । उनलाई ब्यारेक भित्रै आइसोलेशनमा राख्छौं भन्दै लगिएको हो ।

ती विरामीको रगतमा डब्लुबिसी १८ हजार पुगेको थियो । सामान्यतया डब्लुबिसी १२ हजार भन्दा तलै हुनुपर्छ । चिकित्सकहरुका अनुसार यति उच्च डब्लुबिसी भएको विरामीलाई भर्ना गरेरै इन्जेक्शनबाट एन्टिबायोटिक चढाउनु पर्छ । तर स्वाब संकलन गरेर प्रहरीको ब्यारेक मै पठाइएको छ । ‘कम से कम परिक्षणको रिपोर्ट नआउन्जेल सरकारी आइसोलेशन मै राख्नु पर्दथ्यो ।’ ती चिकित्सकले भने–ट्राभल हिस्ट्री नभएपनि ८० प्रतिशत लक्षण कोरोना भाइरस संक्रमितसंग मिल्दो जुल्दो छ ।’

सोमबार ती प्रहरी सहित चार जनाको स्वाब संकलन गरिएको छ । ती मध्ये तीन जना पोखराकै हुन । उनीहरु सबैलाई आ आफ्नै घर पठाइएको छ भने परिवार सहित भारतबाट आएका तनहुँका बासिन्दा अस्पताल परिसर मै अलपत्र थिए ।

Loading...
प्रकाशित मिति १८ चैत्र २०७६, मंगलवार ०६:१३