स्वदेश फर्किन खोज्ने र अलपत्र नेपालीलाई तत्काल नेपाल ल्याउ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश फर्किन खोज्ने र सीमानामा अलपत्र नेपालीलाई तत्काल नेपाल ल्याउन सरकारलाई आग्रह गरेका छन्। को’रोना महामारी रोकथाम तथा नियन्त्रणका लागि २ करोड रुपैयाँ दान गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश फर्किन खोज्ने नेपालीलाई सरकारले राेक्न नहुने बताएका हुन्न् ।

आफ्नो ट्वि’टर ह्यान्डलबाट ट्विट गर्दै उनले कोरोनाले गर्दा विदेशमा बस्न नसक्ने भएपछि आफ्नो देश फर्कन खोज्ने नेपालीलाई सीमामा रोक लगाउन नहुने सुझाव दिएका हुन्। उनले ट्वि’ट गरेका छन्, ‘आफू काम गरिरहेका ठाउँमा बस्न नसक्ने र काम नपाएर बिच ल्ली भएपछि फर्कन खोज्दा घरको ढोकामा तगारो लाग्नुहुन्न। सरकारले आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेश आउन दिनु उत्तम हुनेछ।’

पूर्व राजा ज्ञानेन्द्रले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि हिमानी ट्रष्ट मार्फत करोड रुपैयाँ दा’न गरेका छन् । कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि हिमानी कोषले नेपाल सरकार द्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।

Loading...
प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार ०४:४८