काठमाण्डौमा बालबच्चा च्यापेर मेरो नानी भोक्कै छ भन्दै एक महिलाले रुँदै खाना मागेको का’रुणिक दृश्य (भिडियो)

काठमाण्डौ। को’रोनाका कारण अति विपन्न परिवार समस्यामा छन् । अझ शहरी क्षेत्रका गरीब तथा मजदूरहरुको अवस्था द’र्दनाक बन्न थालेको । सरकारले यस्ता परिवारलाई लक्षित गरी राहातको घोषणा त गरेको छ,तर ग्राउण्ड रियालिटी भने द’र्दनाक बन्न थालेको छ । केन्द्र सरकारबाट राहात घोषणा, स्थानीय सरकारलाई निर्देशन, निर्देशन अनुसार स्थानीयबाट लगत संकलन कार्य सक्ने र त्यसपछि संकलित लागत अनुसार गरीबको पहि चान, राहात जुटाउने कार्य र त्यसपछि मात्र ती गरीबले राहात पाउने अवस्थाका कारण काठ माण्डौमै पनि गरीबहरु भोकभोकै पर्न थालेका छन् ।

कतिसम्म भने काठमाण्डौका मुख्य ठाउँका घनावस्तीहरुमा त्यस्ता गरीब परिवार धनीका घरमा बालबच्चाको भोक र प्यास मेट्याउन रुँदै खाना मागिरहेका का’रुणिक दृश्यहरु देखिन थालेका छन् ।यसले ज्यालादारी मजदूरहरुको अवस्था कुन हदसम्म बिग्रिएको छ र उनीहरुलाई भोकले कुन हदसम्म सताउन थालेको छ भन्ने प्रष्ट्याउँछ। भिडियोमा देखिएको दृश्य मंगलबार साँझ ६ः३० बजेतिरको काठमाण्डौको कागेश्वरी मनहरा नगर पालिकाको काँडाघारी क्षेत्रमा देखिएको हो । जहाँ एक अधवैंशे महिला दुई बच्चासँगै आफ्ना बच्चा भोकै परेका भन्ने बिलौना गर्दै, रुँदै सहयोग मागिरहेकी छिन् ।

उनले एक वर्षजस्तो देखिने बच्चा पिठ्यूमा राखेर र अर्का ८ वर्षजस्तो देखिने बच्चालाई झोला बोकाएर घर घरमा ‘मेरा बच्चाहरु भोकै परे, केही खाना सहयोग गरिदिनुहोस् न’ भन्दै राहात मागेकी थिइन्। घर घरमा आफ्ना बालबच्चाको भोक मेट्याउन अनुनय गरि रहेकी ती महिलालाई प्रत्येक घर, प्रत्येक घरमा डेरा बस्ने प्रत्येकले सहयोग गरेका थिए ।

भिडीयो यहाँ लिंकमा छ ।

Loading...
प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार ०५:१९