विश्व ईतिहासमै महामारीबाट राष्ट्रको ढुकुटी लुट्ने कुकर्मीहरु नेपाल बाहेक अरु देशमा छैनन् – रबि

उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतविरुद्ध अख्तियारमा उजुरी परेको छ । चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गर्दा भ्रष्टाचार गरेको आरोपसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीवार उजुरी गर्नुभएको हो ।

उहाँले उपप्रम पोखरेल, स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठ र ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलका सञ्चालकहरूविरुद्ध उजुरी हालेको जनाउनुभएको छ ।

वास्तविक मूल्यभन्दा निकै महंगोमा स्वास्थ्य सामग्री खरिद गर्नेगरी गरिएको उक्त सम्झौता सरकारले बुधवार रद्द गरिसकेको छ ।

यहि प्रकरणमा संचारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रम सिधा कुरा जनतासंगमा यसरी बोलेका छन् ।

सरकारसंग शक्ति छ, प्रशासन छ, प्रहरी छ एक सय एक कर्मचारी छन्, शेना छन् हतियार छ, जेलनेल सबै छन् तर यति ठुलो शक्ति भएको सरकार जनताका सामान्य प्रश्न सामना गर्न नसक्ने गरि थला परेको छ ।

कति कमजोर भएको होला त सरकार ? मिडियासंग के छ कलम छ, आवाज छ भिज्वल छ । त्यत्रो तोप, बन्दुक, जेल, हत्कडी, प्रहरी, सेना भएको सरकार यति कमजोर र निरिह छ की सामान्य प्रेससंग डिफेन्सिफ पोजिशनमा बस्न बाध्य छ ।

कारण न नियत ठिक छ न नलेज ठिक छ । जनतालाई घरभित्र थुनेर घर फर्किन पाउँ भनी बोर्डरमा गुहार मागिरहेका जनतालाई बोर्डरमा रोकेर महामारीबाट प्राण बचाउन त्रायीमाम जनता घरभित्रभित्रै बन्द हुन बाध्य भएको मौका छोपेर आफु भ्रष्टाचार गर्नेहरुका लागि नेश्नल मिडियामा प्रयोग गर्ने शब्द छैनन् मसंग । यस्तो महामारीमा प्रधान्मन्त्री आफैं बिरामी भएर बसेका छन् ।

अन्य दाबेदारहरुले पद छोड्लान् र आफु खाउला भनेर दाउ हेरेर बसेका छन् । यत्तिका दिनसम्म देशका स्वास्थ्यकर्मिहरुको ज्यानलाई र आम मानिसको ज्यानलाई खतरामा राखेर कमिशनको चक्करमा गिद्धले सीनो लुछेजस्तो देशको सम्पत्ति लुट्न खोज्नेहरुले कोरोना संक्रमण सकिएपछि पनि मास्क नियमित लगाउन ।

महामारीमा पनि नाफा खानेहरुको अनुहार हेर्नपरो भने जनतालाई थुक्न मन लाग्छ र जथाभावि थुक्नु मर्यादा विपरीत कार्य हो ।

नेपालको मात्र होईन सम्भवत संसारकै ईतिहासमा महामारीबाट राष्ट्रको ढुकुटी लुट्ने कुकर्मीहरु जन्मिएका छैनन् । ईटलीका, क्यानडा, बेलायत र भारत लगायतका प्रधानमन्त्रीको सक्रियता हेर्नुस ठिक बिपरीत हाम्रा देशका प्रधानमन्त्री ओछ्यानमा परेका छन् र प्रधानमन्त्रीका वरपरकालाई यो लुट्ने सुवर्ण अवसर बन्यो छि कस्ता मानीसहरुको दस्ता बोकेर यो देशको सम्वृद्धिको सपना बोकीरहनुभएको छ प्रधानमन्त्री ज्यु ? एकपटक चेक गर्नुहोला यीनले बालुवाटारमा तपाईकालागि सप्लायर्स हुने त्यो औषधी र त्यो औषधी निल्ने एक् घुट्को पानीमा पनि कमिशन खाएका छन् ।

Loading...
प्रकाशित मिति २३ चैत्र २०७६, आईतवार ०५:१८