अमेरिकामा एकै दिन १२ सय को मृ’त्यु, विश्वमा मृ’तकको संख्या ६९ हजार नाघ्यो

२४ चैत्र २०७६, सोमबार काठमाडौं : अमेरिकामा पछिल्लो २४ घ’टनामा को’रोनाबाट १२ सय जनाको ज्यान गएको छ। जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार एकै दिन त्यहाँ १२ सय जनाको मृ’त्यु भएको हो। योसँगै अमेरिकामा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ९ हजार ६१६ पुगेको छ। त्यस्तै अमेरिकामा को’रोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८६१ पुगेको छ। अमेरिकामा अहिलेसम्म १७ हजार ९७७ जना ठिक भएका छन्। अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ४ हजार १५९ जनाको मृ’त्यु भएको छ।

त्यस्तै न्यूजर्सीमा ९१७ जनाको मृ’त्यु भएको छ भने मिचिगनमा ६१७ जनाको ज्यान गएको छ। त्यस्तै लुसियानामा ४७७, क्यालिफोर्नियामा ३४७, वाशिंटनमा ३३८, इलिनियोइसमा २७४, जर्जियामा २१९, मसाचुसेट्समा २३१, फ्लोरिडामा २२१, कोनेक्टीकटमा १८९, पेन्सिलभेनियामा १५०, कोलोरोड़ोमा १४०, टेक्सासमा १३३, इण्डियनामा १२७ र ओहियोमा ११९ जनाको मृ’त्यु भएको छ। न्युयोर्कमा अहिलेसम्म एक लाख २३ हजार १८ जना संक्रमित भएका छन्। त्यस्तै न्यूजर्सीमा ३७ हजार ५०५ जना संक्रमित भएका छन्। विश्वमा मृ’त्यु हुनेको संख्या ६९ हजार ४ सय १९ पुगेको छ।

सबै भन्दा धेरै इटालीमा मृ’त्यु भएका छन्। त्यहाँ मृ’तकको संख्या १५ हजार ८ सय ८७ पुगेको छ। त्यस्तै स्पेनमा १२ हजार ६ सय ४१ जनाले ज्यान गु’माएका छन्। त्यस्तै फान्समा ८ हजार भन्दा बढीको मृ’त्यु भएको छ। विश्वभरबाट अहिले सम्म २ लाख ६० हजार भन्दा बढी मानिस उपचार पछि नि’को भएका छन्।

Loading...
प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार ०४:२३