आरुका यी ५ फाईदाहरु जान्नुहोस।

गर्मी मौसममा पाईने फलहरु मध्ये एक हो आरु। गाउँघरका कुना कन्दरातिर पनि सजिलै पाईने यो फल स्वादका लागि खाने गर्छौ। तर यसको फाइदाको बारेमा पनि जानिराख्नु आवश्यक हुन्छ। आरुमा प्रचुर मात्रामा कार्बोहाइडेट, प्रोटिन, मिनरल्स र फाइबर पाईन्छ जसले शरीरलाई निकै लाभ दिन्छ। आज हामी आरुबाट पाईने फाइदाको बारेमा चर्चा गर्नेछौ।

१.आरुमा निकै कम क्यालोरी पाईने हुनाले यसलाई नास्ताको रुपमा प्रयोग गर्न सकिन्छ। जसले गर्दा लामो समयसम्म अन्य खानेकुराको जरुरत पर्दैन। साथै यसले शरीरको वजनलाई सन्तुलित राख्दछ।

२.भिटामिन सी को मात्रा भरपूर पाइने आरुले एन्टी अक्सिडेन्टको काम गर्छ जसले रोग प्रतिरोधक क्षमतालाई बृद्धि गर्दछ।

३.आरुमा पाईने पोटाशियम तत्व मृगौलाको लागि निकै लाभदायक हुन्छ । यसले पिसाब थैलीलाई स्वस्थ राख्दछ र किड्नीमा हुने संक्रमणबाट बचाउँछ।

४.आँखाको ज्योति बढाउनु छ भने आरु खानु उत्तम मानिन्छ। आरुमा शरीरमा भिटामिन ए बनाउने तत्व पाईन्छ। भिटामिन एले आँखाको रेटिनालाई स्वस्थ राख्दछ।

५.आरुमा पाईने एन्टी अक्सिडेन्टले क्यान्सर हुनबाट बचाउँछ।

Loading...
प्रकाशित मिति २२ बैशाख २०७६, आईतवार १७:१०