लकडाउनमा २०० किलोमिटर पैदल हिँडेर ज्यान गु’माउने रणवीरको त्यो अन्तिम फोन

नयाँ दिल्ली। ‘मेरो दुखिरहेको छ, मलाई लिन आउन सक्छौ भने आउ…’ यी शब्द ती व्यक्तिको अन्तिम फोन कलका हुन् जसको मृ’त्यु दिल्लीबाट पैदल हिँडेर मध्य प्रदेश जाँदै गर्दा आगरानजिकै भयो ।

रणवीर सिंह नामका यी व्यक्ति दिल्लीमा डेलिभरी म्यानको रुपमा काम गर्थे । तर, लकडाउन भएपछि दिल्लीमा खानपिन र बस्न समस्या भएपछि उनले आफ्नो गाउँ जाने निर्णय गरेका थिए । तर कुनै साधन नपाएका कारण रणवीर सिंह पैदल नै आफ्नो गाउँतिर अघि बढ्न सुरु गरे ।

मृ’त्युको रात

मृ’त्युभन्दा अघिल्लो रात रणवीर सिंहले आफ्ना केही साथीहरुसँग मिलेर घर जाने फैसला गरेका थिए । तर बसहरु नचलेका कारण रणवीर सिंहले पैदल हिँड्न सुरु गरे । दिल्लीबाट दिँडेर फरिदाबाद पुग्दै गर्दा रणवीरले राती साढे ९ बजे बहिनी पिंकीसँग फोनमा कुरा गरे ।

पिंकी भन्छिन् ‘मैले त्यो दिन अचानक नै दाईलाई फोन गरेकी थिएँ । उहाँले भन्नुभयो कि उहाँ घर आउँदै हुनुहुन्छ किनकि लकडाउनका कारण काम सबै रोकिएको छ र पैदल आउँदै हुनुहुन्छ । मलाई यो सुनेर निकै अनौठो लाग्यो ।’

प्रिकीका अनुसार दाजुसँग कुरा गरेपछि उनी औषधी खाएर सुतिन् । बिहान उठेपछि सबैभन्दा पहिले लगभग ५ बजे उनलाई दाजुलाई फोन गरिन् । पिंकी भन्छिन् ‘यो कलमा उहाँले भन्नुभयो कि उहाँको छाती दुखिरहेको छ । मैले उहाँसँग भनें कि तयाइँ कहीँ बस्नुहोस् त्यतिबेलाम्म म कसैलाई फोन लगाउँछु ।’

रणवीर सिंह दिल्लीबाट मथुराको बाटो हुँदै बिहानै आगरा पुगिसकेका थिए । त्यतिबेलासम्म रणवीर निकै थाकिसकेका थिए । बाटोमा केही किलोमिटरको लागि उनले ट्रेक्टर पनि पाए तर उनले एउटा लामो दूरी पैदल हिँडेरै पार गरे । रणवीर सिंह यो बाटोमा एक्लै हिँडेका पनि थिएनन् । उनीसँग उनको उमेरका कैयौं युवा, पाका र बालबालिका पनि थिए ।

रणवीर सिंह दिल्लीको एक रेष्टुरेण्टमा डेलिभरी म्यानको काम गर्थे । उनीसँग उनका एक आफन्त अरविन्द पनि बस्थे । अरविन्द तिनै व्यक्ति हुन् जसले रणवीरसँग अन्तिम पटक फोनमा कुरा गरेका थिए । तर अरविन्द त्यो पूरै रात रणवीरको सम्पर्कमा रहे ।

अरविन्दले एउटा ट्रकमा ठाउँ पाएका थिए जबकि उनका भिनाजु पैदल हिँडेर आइरहेका थिए । अरविन्द सिंह भन्छन् ‘मेरो उहाँसँग रातमा कुरा भएको थियो । रातमै थकानको कुरा गर्नुभएको थियो । तर, कोरोनाको ड’रको कारण कसैले उहाँलाई सहयोग गरेनन् । उहाँ पैदल हिँडिरहनुभयो र आगरा पुग्दासम्म उहाँको हालत खराब भयो ।’

‘उहाँले मलाई फोन गरेर भन्नुभयो कि मेरो छाती दुखिरहेको छ, मलाई लिन आउन सक्छौ भने आउ । मैले भनें कि १०० नम्बर डायल गर्नुस्,

मृ’त्युको अन्तिम घण्टा…

रणवीर सिंहको मृ’त्यु नेशनल हाइवे २ मा बिहान साढे ६ बजे भयो । तर, म’र्नुभन्दा पहिले रणवीर सिंहले आफ्ना आफन्त अरविन्द सिंहलाई फोन गरेर मद्दतको गुहार मागेका थिए ।

अरविन्द भन्छन् ‘उहाँले मलाई फोन गरेर भन्नुभयो कि मेरो छाती दुखिरहेको छ, मलाई लिन आउन सक्छौ भने आउ । मैले भनें कि १०० नम्बर डायल गर्नुस्, कसैको सहयोग लिनुस् तर त्यसपछि उहाँको आवाज आएन । यो कलको करिब ८ मिनेटपछि मैले ट्रकबाट झरेर फेरि फोन गर्दा अरु कसैले फोन उठाएर भने कि उहाँको हालत गम्भी’र छ । त्यपछि उहाँको मृ’त्यु भयो ।’

मृ’त्युपछि के ?

रणवीर सिंहको मृ’त्युपछि उनको घरमा हाहा’कार म’च्चिएको छ । रणवीरकी पत्नी ममता र उनका तीन सन्तान ग’म्भीर शोक छन् । रणवीर सिंहकी बहिनीले बीबीसीसँग भनिन् ‘हाम्रा पापा पनि चाँडै बित्नुभएको थियो । त्यसपछि दाइले नै घरको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका तीन सन्तान छन् । घरमा कोही कमाउने बाँकी छैन ।’

उनले अगाडि भनिन् ‘म जब आफ्नो घरलाई हेर्छु, केही बुझ्न सक्दिन कि अब के हुने वाला छ । हामीमाथि के भएको छ यो हामीलाई नै थाहा छ । दाइले यो घरको चौघेरा बनाउनकै लागि पनि डेढ लाख ऋण लिनुभएको थियो र त्यही तिर्दै हुनुहुन्थ्यो । अब त्यसको के होला ?’ पिंकी आफ्नो घरको रौनक नै हराएको भन्दै भावुक हुन्छिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गएको बिहीबार आफ्नो ‘मन की बात’ कायृक्रममा देशबासीहरु, खासगरी गरिबहरुसँग लकडाउनका कारण हुने समस्याहरुका लागि माफी मागेका थिए । अब प्रश्न यो उठ्छ कि रणवीरको परिवार प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूमाथि परेको बज्रपातको लागि माफ गर्न सक्छ वा सक्देन ?

बीबीसीबाट अनुवादित

Loading...
प्रकाशित मिति ११ बैशाख २०७७, बिहीबार ०५:४१