किमको स्वास्थ्यबारे थरिथरी अनुमान, सेटलाइटको तस्बिरमा यस्तो देखियो

एजेन्सीवासिंटनस्थित उत्तर कोरिया मनिटरिङ प्रोजेक्टले सेटलाइटको तस्बिरको समीक्षा गरेको छ ।उत्तर कोरियाको रिजार्ट टाउन वोनसनमा एक ट्रेन देखिएको छ, जुन सम्भवत किम जोन उनले प्रयोगका लागि खडा भएको हो । मनिटरिङ प्रोजेक्ट–३८ का अनुसार २१ अप्रिलको वोनसनमा लिडरसिप स्टेशनमा उक्त ट्रेन पार्क गरिएको थियो । मनिटरिङ प्रोजेक्ट–३८ नर्थका अनुसार यो स्टेशनमा किम जोन उन को परिवारका लागि सुरक्षित रहेको समाचार एजेन्सी रोयटर्सले छापेको छ । मनिटरिङ प्रोजेक्टको रिपोर्टको रोयटर्सले स्वतन्त्र रुपमा पुष्टि गरेको छैन भने किम जोन उन वोनसनमा नै छन् भन्ने पनि बताएको छैन ।

रिपोर्टमा भनिएको छ, “ट्रेनमा उपस्थितलाई पनि यो थाहा छैन कि किम जोन उन कहाँ छन् । र उनको स्वास्थ्य अवस्थाबारे पनि उनीहरुलाई थाहा छैन । तर यति थाह छ उनी देशका पूर्वी भागमै छन् ।”दक्षिण कोरियाको राजधानी सोलस्थित समाचार वेभसाइट डेली एनकेका अनुसार किम जोन उन प्योङयाङको उत्तरी भाग रिजार्ट काउन्टी अफ ह्यागसनमा स्वास्थ्य उपचार गरिरहेका छन् बीबीसीले जनाएकाे छ ।डेली एनकेले यो खबर उत्तर कोरियामा रहेको एक बेनामे सूत्रलाई उल्लेख गर्दै लेखेको छ । दक्षिण कोरियाली समचार एजेन्सी न्युजइजका अनुसार किम वोनसन मै छन् ।

Loading...
प्रकाशित मिति १४ बैशाख २०७७, आईतवार ०५:१०