प्रधानमन्त्री ओलीलाई अविश्वास प्रस्ताव वा संघर्षबाट हटाउनुको विकल्प छैन : बाबुराम भट्टराई

काठमाडाैं, १४ वैशाख । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष (नवगठित जनता समाजवादी पार्टी नेपालका नेता) डा. बाबुराम भट्टराईले तत्काल सरकार परिवर्तन गर्नु पर्ने बताउनु भएकाे छ ।डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तत्काल हटाउन नसके प्रधानमन्त्री ओलीसँगै नेकपा पनि डु’ब्ने बताउनुभयाे । न्युज २४ सँग कुरा गर्दै उहाँले भन्नुभयाे, ‘ नेकपाले प्रधानमन्त्री ओलीलाई तत्काल ह’टाउन सकेन भने उहाँसँगै नेकपा पनि डुब्छ, त्यो त नेकपाका साथीहरूले सोच्ने कुरा हो ।

प्रतिपक्षी दलहरूले पनि यसबारे ग’म्भीर ढंगले आवज उठाउनु पर्ने उहाँकाे तर्काे छ । ‘हामी प्र’तिपक्षी दलहरुले पनि लोकतन्त्रको निम्ति यसलाई ग’म्भीर ढंगले उठाउनै पर्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयाे, ‘अ’पहरणमा प्रत्यक्ष सं’लग्नलाई का’रबाही गरिएन भने लोकतन्त्र नै अ’सुरक्षीत हुन्छ ।’प्रधानमन्त्री ओलीकाे नाैतिकता भए उहाँ आफैले रा’जिनामा दिने पनि बताउनुभयाे । ‘प्रधानमन्त्रीको नौ’तिकता छ भने त उहाँ आफैले रा’जिनामा दिइहाल्नु हुन्छ,’ भट्टराईले भन्नुभयाे, ‘उहाँको नै’तिकता नै छैन भने त अर्कै कुराे ।’

नेकपाले विधिगत ढंगबाट संसदीयल दलको नेतालाई फेरेर आफ्नो सरकार परिवर्तन ल्याउन सक्ने पनि उहाँले बताउनुभयाे । ‘नेकपा पाटीले नै विधिगत ढंगबाट संसदीयल दलको नेतालाई फेरेर आफ्नो सरकार परिवर्तन गर्न सक्छ,’ उहाँले भन्नुभयाे,’ यदि यसो हुन सक्दैन भने नेकपाभित्र जो लोकतन्त्र, सुशान र सदाचारप्रति प्रतिबद्धता मान्छे हुनुहुन्छ उहाँहरुले अविश्वसको प्रस्ताव ल्याउने र हामी प्रतिपक्षी दलहरु मिलेर उहाँलाई अविश्वको प्रतावले हटाउने ।’नेकपाले संसदीयल दलको नेतालाई फेरेर आफ्नो सरकार परिवर्तन गर्न सकेन भने र अविश्वसको प्रस्ताव पनि ल्याएन भने संर्घषमार्फत प्रधानमन्त्री ओलीलाई ह’टाउनु पर्ने समेत उहाँले बताउनुभयाे ।

‘नेकपाले सरकार परिवर्तन गरेन भने र अविश्वसको प्रस्ताव पनि ल्याएन भने जनता, नागरिक समाज र आ’न्दोलकारीहरुले सं’र्घषमार्फत नै फेरी एउटा परिवर्तन ल्याउनु पर्छ,’ उहाँले भन्नुभयाे, ‘त्यो नगरे देश ग’म्भीर दु’र्घटनतिर जान्छ र अन्तराष्ट्रिय रुपमै देशको वे’जत हुने देख्छु ।’को’रोनाले विश्व आ’तंकीत भएको बेलामा देशको प्रधानमन्त्रीको चिन्तन, मनन देशको जनताको निम्ति हुनुपर्ने उहाँले बताउनुभयाे । ‘को’रोनाले विश्व आतंकीत भएको बेलामा देशको प्रधानमन्त्रीको चि’न्नत, मनन देशको जनताको निम्ति हुनुपर्ने हाे तर उहाँकाे चिन्तन चाहिँ वि’पक्षी पार्टीलाई कसरी फुटाउने भयाे ।’

डा. भट्टराईले प्रधानमन्त्रीकाे बुद्धि बसिबियालो र मनरोञ्जन लागि भएकाे समेत आरोप लगाउनुभयाे । ‘प्रधानमन्त्रीकाे बुद्धि बसिबियालो मनरोञ्जन जस्तो देखियाे, एक्लै बस्ने अनि यस्तो उटपट्याङ गरेर मजा लिने, आन्द लिने भन्ने सोच,’ उहाँले भन्नुभयाे ।प्रधानमन्त्री ओलीले पार्टी फुटाएर अर्को सरकार गठन गर्ने साेच राख्नु भनेकाे का’लिदास जस्तै भएकाे पनि डा. भट्टराईले बताउनुभयाे । ‘उहाँले पार्टी फुटाएर चाहिँ के गर्नु हुन्छ ? दुईतिहाइको सरकार चलाउन नसक्नेले ४० प्रतिशत फुटाएर र ५/७ जना मान्छे चो’रेर बनाएको सरकार चाहिँ स्थिर सरकार हुन्छ ?

त्यसले देश विकास, समृद्धी र सुशासनको लागि केही पर्ने गर्न सक्दैन, डा. भट्टराईले भन्नुभयाे ।प्रधानमन्त्री जस्तो मान्छेले अरुको पार्टी फु’टाउनको लागि षड्यन्त्र गर्नु नहुने पनि उहाँले बताउनु भयो ।सरकारले सोमबार जा’री गरेका दल विभाजनको प्रा’वधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धि अध्यादेश प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले फि’र्ता लिएकाे थियाे ।सांसद सुरेन्द्र यादवलाई अ’पहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएकाे मु’द्दा अन्तराष्ट्रिय मु’द्दा पनि बन्न सक्ने उहाँले बताउनुभयाे ।

‘देशको कार्यकारी प्रमुखले राष्ट्रपतिलाई समेत मु’छेर राष्ट्र प्रमुख र सरकार प्रमुख मिलेर देशको संविधान, लोकतन्त्र वि’परीत हर्कत गर्ने र अ’पहरण जस्तो विषयमा संलग्न हुने भन्ने विषयमा यदि हामीले हल गर्ने सकेनौं भने भोलि गएर अन्तराष्ट्रिय मु’द्दाकाे विषय बन्छ ,’ उहाँले भन्नुभयाे ।यसअघि पार्टी फु’टाउने यो’जनासहित प्रधानमन्त्री ओलीकै सं’लग्नतामा समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अ’पहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए ।

पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीलाई सत्ताबाट ह’टाएर सबै घ’टनाको ग’म्भीर छा’नविन गर्नुपर्ने मा’ग पनि गर्नुभयाे । अहिले सबैकाे ध्यान को’रोनाविरूद्ध लाग्नुपर्ने पनि उहाँले बताउनुभयाे । ‘अहिले सबैकाे ध्यान काे’राेनविरद्ध लाग्नु पर्ने हाे तर प्रधानमन्त्रीले चाहिँ अ’पहरणतिर ध्यायन लगाउनु भएछ । यस्ताे म’हामारीकाे बेला प्रधानमन्त्री जस्ताे मान्छेले यस्ताे गर्न नि’न्दनिय छ, खे’दजनक छ,’ उहाँले भन्नुभयाे ।ओलीलाई प्रधानमन्त्रीबाट छिट्टै ह’टाएर बाटोलाई ट्रयाकमा ल्याउनु पर्ने पनि उहाँले बताउनुभयाे ।

‘नेपाली जनता र नेकपाको अर्शिवादले उहाँलई सत्ता पुर्‍यायाे तर अहिले उहाँले चाहिँ जनताको र अफ्नो पाटीको टाउकोमा हात राखेर भस्म बनाउने तिर जानुभएको छ,’ डा. भट्टराईले भन्नुभयाे,’ अब प्रधानमन्त्री ओलीलाई छिट्टै ह’टाएर बाटोलाई ट्रयाकमा लिएर जानुपर्छ ।’‘प्रधानमन्त्री ओलीलाई सत्ताबाट ह’टाएर सबै घ’टनाको ग’म्भीर छान’विन गरेर अ’पराधिलाई का’रबाही नगर्ने हो भने देशमा सुशासन, सदाचार र लोकतन्त्र कायम हुँदैन,’ उहाँले भन्नुभयाे ।ल’डेर ल्याएको लोकतन्त्रलाई प्रधानमन्त्री ओलीले उ’ल्ट्याउने, प’ल्ट्याउने काम गर्नुभयो आराेप पनि उहाँले लगाउनुभयाे ।

‘संवैधानी अं’गलाई स्वतन्त्र निष्पक्ष बनाउनु पर्नेमा आफ्ना आ’सेपासे भ’र्ति गर्ने र सबैलाई मु’द्दा लगाएर आ’तंकीत बनाइदिने ढंगले अध्यादेश ल्याउने र आफै अपरहण कार्यमा मुछिनु यो लोकतन्त्र विपरीत, अनौतिक र अराजनीतिक कार्य हो,’डा. भट्टराईले भन्नुभयाे, ‘त्यसैले उहाँलाई द’ण्डित गरिनुपर्छ, सजया दिनुपर्छ ।’

Loading...
प्रकाशित मिति १४ बैशाख २०७७, आईतवार ०५:५२