कोरोना नियन्त्रण गर्न घले दम्पत्तिले नेपाल सरकारलाई दिए ३ करोड रुपैया

काठमान्डौ , अष्ट्रेलियाका अर्बपति दम्पत्ति शेष घले तथा जमुना गुरुङले कोरोना रोकथामका लागि नेपाल सरकारलाई ३ करोड रुपैया सहयोग गरेका छन् । आईतबार घले दम्पत्तिले संचालन गरेको एमआईटी फाउण्डेसनमार्फत सहयोग गरेको हो । फाउण्डेसनका पदाधिकारीले एक कार्यक्रमका बिच प्रधानमन्त्री कार्यलयका सचिवलाई चेक हस्तान्तरण गरेका हुन् ।यो रकमले नेपालमा को’रोना नियन्त्रण गर्न सहयोग पुग्ने आशा गरिएकोफाउण्डेनसले जा’री गरेको वि’ज्ञप्तीमा भनिएको छ ।

यात्रामा अ’वरोध भएकाले आफु जान नपाएको भन्दै शेष घलेले भन्नुभयो -‘आशा छ यो रकम नेपाल सरकारले को’रोना नियन्त्रणका लागि परिक्षण, निगरानी र उपचारमा सदुपयोग गर्नेछ ।’त्यस्तै फाउण्डेशनका अध्यक्ष घलेले को’रोना नियन्त्रणमा नेपाल सरकार र नेपाली जनताले खेलको भूमिकाको प्रशंसा गर्दै यो मा’हामारीबाट नेपाल र विश्व चाडै मु’क्त हुने समेत आशा व्यक्त गर्नुभयो ।यसअघि घले दम्पत्तिले संचालन गरेको एमआईटी कलेजका विद्यार्थीलाई सहयोग गर्न १० लाख डलरको कोष निर्माण गरिएको छ ।

 

Loading...
प्रकाशित मिति १४ बैशाख २०७७, आईतवार २३:३२