काठमाडौंबाट उ’द्धार गरेका दुई युवती गाउँ डुलेपछि प्रह’रीले लियो नियन्त्र’णमा

होम क्वारेन्टाइनमा बस्ने सर्तमा गाउँ ल्याइएका खोटाङका दुई युवती गाउँ निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । आचार संहिता पालना गर्दै १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने कबुलियतीनामा गराई काठमाडौंबाट नगरपालिका भित्र्याइएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १७ र २१ वर्षीया युवतीलाई शनिबार नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको दुवै जनालाई हलेसी तुवाचुङ नगरपालिका–८ स्थित दलित जनजागरण आधारभूत विद्यालय धितुङको क्वारेन्टाइनमा राखिएको मेयर इवन राईले बताउनुभयो ।

लकडाउनका कारण काठमाडौंमा भोकै बस्नुपरेको भन्दै नगरबासीले घर फर्काउन अनुरोध गरेका थिए । नगरपालिकाले बिहीबार र शुक्रबार १३ वटा बसमार्फत १ हजार ३ सय ७९ जना नगरबासीलाई भित्र्याएका थिए ।

त्यही समयमा आएका सबै सर्वसाधारणलाई घरमै बस्ने कबुलियतीनामापत्रमा सही गरेर ल्याइएको भए पनि हिँडडुल गरिरहेको सूचनाका आधारमा दुई युवतीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलले जानकारी दिनुभयो ।

नगरपालिकाकै खर्चमा गाउँ फर्काइएका सर्वसाधारणले १० बुँदे कबुलियतीनामामा सही गरेका थिए ।

फाईल तस्बिर

Loading...
प्रकाशित मिति १५ बैशाख २०७७, सोमबार ०२:४२