एकैदिन कोरोनाका ९४ हजार नयाँ संक्रमित, २ लाख ३८ हजारको मृत्यु हुँदा कुन देशमा कति ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार एकै दिनमा ९४ हजार ५ सय ५२ जना नयाँ संक्रमित भएका छन् । योसँगै कोरोनाबाट संक्रमित हुने संख्या ३३ लाख ४३ हजार ३ सय २ पुगेको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म २ लाख ३८ हजार ५ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ६ सय २४ जनाले ज्यान गुमाएका छन् ।कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा ३६ हजार ७ जना संक्रमित थपिएका छन् भने १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ३ हजार २ सय २५ पुगेको छ भने मृतकको संख्या ६४ हजार ८ सय ८ पुगेको छ ।त्यस्तै स्पेनमा शुक्रबार मात्रै ३ हजार ६ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ८१ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ४२ हजार ९ सय ८८ पुगेको छ भने २४ हजार ८ सय २४ जनाको मृत्यु भएको छ ।इटालीमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ६५ जना संक्रमित थपिएका छन् भने २ सय ६९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ७ हजार ४ सय २८ पुगेको छ भने मृतकको संख्या २८ हजार २ सय ३६ पुगेको छ ।

यस्तै बेलायतमा शुक्रबार मात्रै ६ हजार २ सय १ जना नयाँ संक्रमित थपिदा ७ सय ३९ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ७८ हजार ६ सय ८५ जना संक्रमित हुँदा २७ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ ।फ्रान्समा पछिल्लो २४ घण्टामा १ सय ६८ जना नयाँ संक्रमित थपिदा २ सय १८ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६७ हजार ३ सय ५ जना संक्रमित भएका छन् भने २४ हजार ६ सय २८ जनाको मृत्यु भएको छ ।जर्मनमीमा एकैदिन १ हजार ६८ मा कोरोना पुष्टि भएको छ भने १ सय १३ जनाको मृत्यु भएको छ ।

यहाँ संक्रमितको संख्या १ लाख ६४ हजार ७७ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय ३६ रहेको छ ।रुसमा संक्रमितको संख्या १ लाख १४ हजार ४ सय ३१ पुगेको छ भने १ हजार १ सय ६९ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ३३ जना संक्रमित थपिदा ९६ जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ३७ हजार २ सय ५७ पुगेको छ भने मृतकको संख्या १ हजार २ सय २३ पुगेको छ । बुधबार मात्रै भारतमा २ हजार ३ सय ९४ जना संक्रमित हुँदा ६९ जनाको मृत्यु भएको छ ।नेपालमा भने पछिल्लो २४ घण्टामा दुई जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

Loading...
प्रकाशित मिति २० बैशाख २०७७, शनिबार ०७:०३