काठमाडौं, २१ बैशाख । आज थप १० जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका एक ३६ वर्षीय पुरुष र नेपालगन्ज परिक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ देखिए सँगै संक्रमितको संख्या ६९ पुगेको हो ।
आइतबार नारायणी अस्पतालले उक्त व्यक्तिमा कोरोना संक्रमण पुष्टि गरेको हो । शुक्रबार ती व्यक्तिको स्वाब संकलन गरिएको थियो । उनी आफैले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन आग्रह गरेका थिए ।
हालसम्म नेपालमा १६ जना कोरोना सक्रमितहरु निको भइसकेको छन्, भने बाँकी उपचाररत छन् ।
थप विवरण केही बेरमा
Loading...