यो हो विश्वकै सबैभन्दा ठूलो सार्क माछा !

हालसालै अमेरिकाको हवाई द्विपस्थित समुद्रमा विश्वकै सबैभन्दा ठूलो आकारको सार्क प्रजातिको माछा भेटिएको छ । स्थानीय गोताखोर तथा सार्क माछा संरक्षणमा काम गरिरहेकाले सो भीमकाय माछाको तस्बिर खिच्न सफल भएका हुन् ।

उक्त माछाको लम्बाई ६ मिटर तथा तौल साढे २ टन भएको अनुमान संरक्षणकर्मीले गरेका छन् । खबरअनुसार यो माछा आजभन्दा २० वर्षअघि शोधकर्ताले फेला पारी टाँचा लगाएको माछा नै हुनसक्ने अनुमानसमेत गरिएको छ ।

यो बताइएको छ कि, त्यसबेला शोधकर्ताले यसको नाम डिप ब्लु राखेका थिए । दुनियाँको सबैभन्दा ठूलो यो सार्क माछा ५० वर्ष उमेरको भएको दाबी गरिएको छ ।

ओसन राम्से नामक ती संरक्षणकर्मीले सो सार्क माछाको भिडियो खिचेर इन्स्टाग्राममा अपलोडसमेत गरेकी छन् । भिडियोमा उनले उक्त भीमकाय माछालाई छोएको सजिलै देख्न सकिन्छ ।

ती महिला शोधकर्ताले उक्त सार्क माछा गर्भवती रहेको हुनसक्ने पनि बताएकी छन् ।

Loading...
प्रकाशित मिति २५ माघ २०७५, शुक्रबार १०:१७