कान्तिपुर टिभीमा रिपोर्टकै बिचमा- ‘आम्मामा तीन अर्बमा कति खायो होला ! (भिडियो)

आइतबार बिहान कान्तिपुर टेलिभिजनमा समाचार पढ्ने क्रममा एउटा रमाइलो कुरा भयो। उक्त टेलिभिजनमा बिहान सात बजेको समाचारमा १३ औं दक्षिण एसियाली खेलकुद साग सकिएको पाँच महिना भइसकेपनि अहिलेसम्म कति खर्च भयो भन्ने सार्वजनिक नगरिएको बारे एउटा रिपोर्ट थियो।

रिपोर्ट टेलिभिजनमा बज्दै गर्दा ‘आम्मामा…तीन अर्बमा कति खायो होला त!’ भनेको सुनियो जसले निकै चर्चा पाइरहेको छ । उक्त भिडियो भाइरल नै भएको छ ।

बास्तवमा रिपोर्ट टेलिभिजनमा बज्दा समाचारवाचिका रुबिना थापाको माइक अफ नभएपछि यस्तो रमाइलो हुनपुगेको हो । पुरुष आवाजमा – ‘सरकारले साग सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्ले तीन अर्ब ६४ करोड रुपैयाँ दिएको थियो।’ यस्तै बजिरहदा समाचारवाचिकाको मुखबाट निस्कियो, ‘आम्मामा…तीन अर्बमा कति खायो होला त!’ माइक अफ नभएको कारण दर्शकले पनि त्यो आवाज सुन्न पाए। अनि सामाजिक संजालभर भाइरल हुनपुग्यो ।

यसै बिषयमा कान्तिपुर टेलिभिजनले राति ८ बजेर २७ मिनेटमा ट्विट गरी प्राविधिक गडबडीका कारण असान्दर्भिक आवाज पर्न गएकामा क्षमा मागेको छ।

Loading...
प्रकाशित मिति २२ बैशाख २०७७, सोमबार ०९:११