मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारका क्रममा मलेसिया गएका सप्तरीको एक युवकको  मृत्यु भएको छ।

सप्तरीको हनुमाननगर कङ्काल्नी नगरपालिका–१ भारदहका ४० वर्षीय दीपेन्द्र दासको दुई दिन अघि मृत्यु भएको उनका दाजु जशो दासले बताए।

दासको इँट्टा बनाउने मेसिनमा च्यापिएर मृत्यु भएको हो। यसैबीच दासको शव नेपाल ल्याउन पहल गर्न उनको परिवारले सरकारसँग माग गरेको छ।

Loading...
प्रकाशित मिति २३ बैशाख २०७६, सोमबार ०६:५२