हेर्नुहोस भिडियो / मेडिकल सामग्री लिन चीन गएको जहाजको ल्यान्ड भएको ४ घन्टा बित्दा पनि ढोका खुलेन

काठमाडौं– मेडिकल सामग्री लिन चीनको चाङ्सा गएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबढी जहाज ल्यान्ड भएको ४ घन्टा बित्दा पनि ढोका खुलेको छैन। शनिबार चीन गएको वाइडबडी चाङ्सा विमानस्थलमा अवतरण भएपनि ढोका नखुलेको हो। चीनको चाङ्सामा वाइडबडी ल्यान्ड भएको तर जहाजको ढोका नखुलेको जानकारी नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले दिइन्। जहाजको ढोका खुलाउने विषयमा चिनियाँ पक्षसँग छलफल भइरहेको उनको भनाइ छ।

शुक्रबार उड्नुपर्ने जहाज शनिबार मात्र उडेकाले चिनियाँ पक्षमा सन्देह उत्पन्न ‍भएकाले जहाजको ढोका नखुलेको अर्चना खड्काको भनाइ छ। अबको केही समयमा ढोका खुल्ने उनको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा लुम्बिनी हल्थ केयरले वाइडबडी चार्टर गरी जहाज चीन लगेको हो। तर निगमले जहाजको उडानको मिति र समय हेरफेरबारे समयमा नै चिनियाँ पक्षलाई जानकारी नगराउँदा चिनियाँ पक्ष सन्देहमा परी ढोका खुल्न ढिलाई भएको हो।

Loading...
प्रकाशित मिति २७ बैशाख २०७७, शनिबार १३:४५