कहिल्यै धनी बन्न नसक्ने १२ किसिमका मानिस !

धनी बन्ने रहर सबै मानिसको हुन्छ । तर अक्सर मान्छेले गरिबी मै आफ्नो जीवन व्यतित गर्छ । मानिस गरिबी हुनुमा विभिन्न कारण हुन्छ र कमजोरीहरु हुन्छन् ।यस्ता मानिसहरु जसले जीवनमा कहिल्यै धन कमाउन सक्दैनन् ।

१.सपना देख्ने क्षमता नभएका व्यक्ति :
सपना नदेख्ने व्यक्तिहरु कहिल्यै पनि धनी बन्न सक्दैनन् किनभने उनिहरुसँग जीवनको कुनै लक्ष्य नै हुँदैन । उद्देश्य नभएका मानिसहरुको जीवन के गर्ने, कसो गर्ने भन्ने विषयमा रुमलिँदै बित्छ ।

२.समयको महत्व नबुझ्ने :
समयको महत्व नबुझ्ने र साघुँरो सोच भएका मानिसहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । आजको युगमा जो मानिस समयको गतिसँगै दौडिन सक्छ उसले मात्र सफलता हासिल गर्न सक्छ । त्यसैले समयमा काम गरेमा मात्रै भाग्य खुल्छ र धन आर्जन गर्न सकिन्छ ।

३.कमाई अनुसार बचत नगर्ने :
कमाई अनुसार बचत नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । धनी हुनको लागि निश्चिय पनि बचत गर्नुपर्छ । यदी तपाई जतिसुकै कमाउनुहोस् बचत गर्नु हुन्न भने तपाई कहिल्यै धनी बन्न सक्नुहुन्न ।

४.समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका :
समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका मानिसहरु पनि धनि बन्न सक्दैनन् । त्यसैले मानिसमा केही गर्छु भन्ने इच्छाशक्क्ति हुनु जरुरी हुन्छ ।

५.संकिर्ण सोचाई भएका मानिसहरु :
संकिर्ण र सकिर्ण सोचाइ बोकेर हिड्ने व्यक्तिहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । साघुँरो सोचाइ बोकेर मै खाऊँ मै लाऊ भन्ने सोचले अगाडि बढ्ने मानिसहरुले कहिल्यै सफलता हात पादैनन् ।

६.भाग्यमा विश्वास गर्ने मानिस :
भाग्यमा विश्वास गरेर भगवान् भरोसा गर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । यस्ता मानिसहरु दिनप्रतिदिन कमजोर बन्दै जान्छन् ।

Loading...
प्रकाशित मिति २७ बैशाख २०७७, शनिबार २१:५१