हेर्नुहोस / हलिउड फिल्ममा अभिनेत्रीद्धय केकी र स्वस्तिमा अनुबन्धित

नेपालीहरका लागि खुसीको खबर छ, जो नेपाली फिल्मप्रेमी हुन् । अझ अभिनेत्रीद्धय केकी अधिकारी र स्वस्तिमा खड्काका शुभचिन्तकहरुका लागि । हो, यी दुई अभिनेत्रीले अब हलिउड फिल्म खेल्ने भएका छन् । एक अनटाइटल्ड फिल्ममा अभिनेत्री अधिकारी र खड्का फाईनल भएका हुन् ।

उनिहरुको छनौटको लागी अडिशन लिइएको थियो । अडिशनमा अरु को-को नायिकाहरु पुगेका थिए भन्ने खुलेको छैन । फिल्मीखबरसँगको कुराकानीमा नायिका अधिकारीले अमेरिकन फिल्ममा अभिनय गर्न लागेको बताईन् ।

तर, चलचित्रको बारेमा अहिले नै केहि खुलाउन नमिल्ने गरी सम्झौता भएकोले अन्य कुरा खुलाउन नसक्ने बताईन् । केकी र स्वस्तिमाको भूमिका दिदि(बहिनीको हुने बुझिएको छ । यो फिल्म कोरोना महामारी साम्य भएपछि अमेरिकामा छायांकन हुने बताईएको छ ।

 

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७७, सोमबार ०८:२०