नवलपरासीकी कोरोना संक्रमित: नवलपुर माईती, बुटवल घर अनि काठमाडौंमा बस्छिन् !

नवलपुर । नवलपुर माईती भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलवार २७ जना नयाँ संक्रमित भेटिएसँगै नवलपरासीका थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।नवलपरासी २ जिल्लामा बिभाजन भएपछि बनेका पुर्बी र पश्चिमी जिल्ला मध्ये संक्रमित कुन जिल्लाको हो भनेर नखुल्दा यहाँ त्रास फैलिएको थियो । संक्रमित महिलाको स्थायी घर बुटवल भए पनि उनले आफ्नो माईती घर रहेको जिल्ला ठेगानामा उल्लेख गरेको बुझिएको छ ।

यद्यपी उनको माईती नवलपुरको कुन पालिका हो भनेर अझै स्पष्ट नभएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । ती संक्रमितको नमुना काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको हो । अहिले उनलाई काठमाण्डौमै रहेकाले त्यहीवाट सम्पर्कमा लिएर अस्पताल लैजाने तयारी भैरहेको बुझिएको छ । यसअघि नवलपुरका एक जनामा जेठ १ गते कोरोना पुष्टि भएको थियो । देबचुली १२ का नवलपुरका पहिलो संक्रमितको भरतपुर स्थित कोररोना अस्थायी अस्पतालको आईशोलेशनमा छन् ।

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७७, मंगलवार १६:५७