ज्योतिष अर्जुन क्षेत्रीले गरे अहिले सम्म कै रहस्यमय ढंग को भविष्यवाणी

भिडियो

यो पनि पद्नुहोस
काठमाडौँ, ६ जेठ – कोभिड–१९ को सङ्क्रमण आज २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार झापाका नौ, मोरङ एक, सुनसरी एक, सर्लाही दुई, मकवानपुर एक, भक्तपुर एक, काठमाडौँ तीन, ललितपुर एक, सिन्धुली एक, कपिलवस्तु चार, नवलपरासी एक, रामेछाप एक र लमजुङका एकजनामा सङ्क्रमण देखिएको हो ।

आज २७ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको छ । यसैगरी ३६ जिल्लामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।
आज देखिएका सङ्क्रमितमा २४ पुरुष र तीन महिला छन् । प्रवक्ता डा देवकोटाले सङ्क्रमितको हाल र स्थायी ठेगानाअनुसार कन्ट्याक्ट टे«सिङ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरिरहेको बताउनुभयो । उहाँले आज कोशी अस्पतालबाट एकजना थप स्वस्थ भई घर फर्किनुभएको जानकारी दिनुभयो । यसरी स्वस्थ भई घर फर्कनेको सङ्ख्या ३७ पुगेको छ ।(रासस)

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७७, मंगलवार १७:२३