प्रधानमन्त्री ज्यू तपाईले गरेको कार्यले जीवनभरीमा पहिलोपटक अत्याधिक गर्वको अनुभूति भयो : चन्द्र भण्डारी

काठमाडौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले केपी शर्मा ओलीको तारिफ गर्नुभएको छ । उहाँले सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित समेटेर नेपालको नक्सा पारित गरेको छ भन्ने समाचारले हर्षित बनाएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले देशको हितमा बोल्दा वि पी कोइरालाको सरकार अपदस्त भएको कुरा स्मरण गर्नुभएको छ । कृष्ण प्रसाद भट्टराई आश्रममा बस्न परेको कुरा पनि याद गर्नुभएको छ । नेपालमा राष्ट्रवादी बन्न सहज नभएको कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ ।

यस्तो छ भण्डारीले फेसबुकमा राख्नु भएको स्टाटसः सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित समेटेर नेपालको नक्सा पारित गरेको छ भन्ने समाचारले हर्षित बनाएको छ । देशको हितमा बोल्दा वि पी कोइरालाको सरकार अपदस्त भयो । कृष्ण प्रसाद भट्टराई आश्रममा बस्न पर्यो । राष्ट्रवादी बन्न कति कठीन छ यो देशमा । मैले पनि अनुभूति गरेको छु । पहिलो पटक मेरो उमेरमा गर्वको अनुभूति भएको छ । प्रधानमन्त्री के पी ओली ज्यू तपाई र मेरो सैदान्तिक धरातल फरक हो तर नेपाल आमा एउटै हुन।

तर कस्ले कस्को काम गर्दछ पहिचान गर्न मुस्किल छ किनकि उनीहरु संग पार्टीको रसिद छ। तिनीहरुलाई आफ्नै पाटी भित्र नेकपाले चिन्नु पर्दछ । देश हितमा खुट्टा कमाउनु हुदैन । विभिन्न पार्टीमा मौंलाएका अ बैध सन्तान संग जुध्नु पर्दछ । प्रधानमन्त्रीले मन्त्रिपरिसदबाट नक्सा पास गर्दा आफ्ना मन्त्रिहरुलाई नडराउनुस भन्नु पर्ने कस्तो विडम्वना । के को संकेत हो ? कोरोना बनेका भ्रष्ट्रचारीलाई पनि छोड्नु हुदैन ।

Loading...
प्रकाशित मिति ७ जेष्ठ २०७७, बुधबार ०४:२३