omg  थप ५१ जनामा को”रोना / भिडियो हेरौ।।

Breaking: कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, आज एकैदिन थपिए २७ जना कोरोना संक्रमित (कहाँ कति थपिए हेर्नुस)

काठमान्डौ , आज मंगलबार एकैदिन २७ जना कोरोना संक्रमित थपिएका छन ।स्वाथ्य मन्त्रलयले दिएको जानकारी अनुसार आज थप २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जनकारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको डा देवकोटाले जानकारी दिए। ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्।नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ३७ जना उपचारपछि निको भएका छन्। डा देवकोटाका अनुसार झापाका १ जना संक्रमित आज डिस्चार्ज भएका हुन्।

Loading...
प्रकाशित मिति ७ जेष्ठ २०७७, बुधबार ०८:४०