भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं : भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १६ मिनेटमा भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टरस्केलको भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास रहेको छ ।भक्तपुरसँगै काठमाडौंलगायत आसपासका जिल्लाहरुमा धक्का महसुस भएको थियो। २०७२ सालको विनाशकारी भूकम्पको धक्का जान अहिलेसम्म छाडेको छैन्। यो भूकम्प पनि नयाँ नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको बताइएको छ।

त्यस्तै दार्चुला केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ ।बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार ०४:२०