भिडियो / साथीको लागि टीकारामको ‘सहादत’ : बुवा एक्लो छोराको काज कि’रिया गर्दै

रुकुम पश्चिम : ‘मेरी आमासँग भिडियो कल बनाइदेउ न दिदी’, टीकाराम सुनारले छिमेकी दिदी दीपालाई जाजरकोटबाट फेसबुकमा भन्नुभएको थियो। दीपाले आश्वासन दिनुभयो ‘आमा गिट्टी कुटेर आएपछि साँझ पक्का है ।’ छोराले कुरा गर्न खोज्नुभएको भन्ने खबर सुनेकी आमा गीताले बेलुका भिडियो कलको लागि कोसिस गर्नुभयो ।

तर टीकाराम फेसबुकमा अफलाइन हुनु हुन्थ्यो । शनिबार घटना हुनु भन्दा केही दिनअघि भिडियो कलमा आमासँग बोल्न चाहनु भएका टीकाराम कहिल्यै भेट्न नपाउने गरी जानुभयो । आइतबार भेरी नदीको किनारमा फेला परेको शव मङ्गलबार साँझ मात्रै घरको आँगनमा आइपुग्दा उहाँकी आमा गीता अचेत अवस्थामा हुनुहुन्थ्यो ।

दुई हप्ताअघि घरबाट मावली गाउँ जाजरकोट गएको छोराले आफूसँग भिडियोमा बोल्न चाहेको कुरा अहिले होस खुल्दा आफू सपनामा भएकोजस्तो ठान्नुुहुन्छ उहाँ । आमाले आफ्नो भाग्यलाई सराप्दै रुनुहुन्छ । बुवा शोभे नेपालीलाई पनि टीका रामले फोन गर्दै दुई दिनमा जाजरकोटबाट घर आउने बताउनु भएको थियो । ‘हाम्रो जिन्दगी भनेको त्यही एउटा छोरो थियो ।

अब के नै बाँकी रह्यो र ?’ छोराको कि’रियाकर्ममा व्यस्त टीकारामका बुवाले भा’वविह्वल हुँदै भन्नुभयो, ‘मेरो कि’रिया त्यही छोराले गर्ने आशा थियो । तर मैले नै छोराको कि’रिया गर्नुपर्यो। मजस्तो अ’भागी बुवा को होला ?’ टीकारामका बुवा त्यही सन्तानको लागि ६ वर्ष मलेसियामा र’गत र पसिना बगाएर गएको कात्तिकको भाइटीकाको भोलिपल्ट घर फर्किनु भएको थियो । विस्तृतमा उज्यालो अनलाइनमा राजु लामिछानेले लेख्नु भएको छ ।

Loading...
प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार ०७:२९