हात्तीले योगा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल

एजेन्सी । आजकल सामाजिक सञ्जालमा वन्यजन्तुसँग् जोडिएका भिडियो र तस्बिरहरु निकै रुचाइन्छ । कहिलेकाहि जनावर वा पक्षिंको अनौठो ब्यवहारले निकै चर्चा पाउने गरेको छ । यस्तैमा आजकल एक हात्तीको भिडियो भाइरल बनेको छ ।सामाजिक सञ्जालमा भाइरल बनेको यस भिडियोमा एक हात्ती योगा गरेको देख्न सकिन्छ । एक विशाल हात्ती स्टन्ट झै योगा गर्दछ ।हात्तीलाई योगा गराउन एक महिला हातमा छडी लिएर निर्देशन गर्दछिन् । सोहि निर्देशन बमोजिम हात्ती मज्जाले आफ्नो खुट्टालाई पालोपालो उठाउदै योग अभ्यास गर्दछ ।

उक्त भिडियोमा योगा गर्दै गरेको हात्ती अमेरीकाको कोलम्बस चिडियाखानाले आफ्नो फेसबुकमा शेयर गरेको छ ।हात्तीको भिडियोमा क्यासन राख्दै चिडियाखानाले लेखेको छ, हाम्रो हात्ती ब्यायाम कार्यक्रमले यो सुनिश्चित गर्न मद्दत गर्दछ कि हाम्रो झुण्डको प्रत्येक सदस्य स्वस्थ छन् । यस समय कोनी र हैंक नामका दुई हात्ती यसको पालना गर्दैछन् ।कोनी ४५ बर्षिय वृद्ध हात्ती हो । दैनिक ब्यायाम अभ्यासका कारणले उसको मांसपेशि र जोर्नीको आकार ठीक रहने चिडियाखानाको दाबी छ ।हैंक उक्त चिडियाखानाको सबैभन्दा ठुलो हात्ती हो । यसको वजन करिब ७ हजार किलोग्राम रहेको छ । स्वस्थ रहनका लागी उसलाई पनि योगा गराइदै आएको छ ।

Loading...
प्रकाशित मिति २६ श्रावण २०७७, सोमबार ०६:५८