एकाबिहानै चितवनमा थपिए १७ जना कोरोना संक्रमित, जान्नुहोस कँहाका कति थपिए

चितवन । चितवनमा एकाबिहानै थप १७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित थपिनेमा खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका १ जना रहेका छन् ।

भरतपुर अस्पताल कोभिड(१९ प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालकी प्रमुख डा. नितु अधिकारीले बताइन् । धिकारीका अनुसार संक्रमित ६ देखि ७९ उमेर समूहका छन् । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ५ सय १३ जना पुगेको छ।

Loading...
प्रकाशित मिति १२ भाद्र २०७७, शुक्रबार ०१:४७