बधाई !! चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन ३ को बिजेता प्रबिन

चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन ३ को बिजेता 

काठमाडौं । चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन ३ को फाइनल आज हुने भएको छ । कोरोना कहरका कारण चैत्रमा नै सकिनुपर्ने नेपाल आइडल लम्बिँदै गएपछि अहिले आएर बल्ल फाइनल हुन लागेको हो । आज हुने फाइनलमा महोत्तरी बर्दिबासका किरण भुजेल,मोरङकी सज्जा चौलागाँई र बर्दियाका प्रवीण भेटवालबिचको सांगीतिक भिडन्त देख्न पाइनेछ ।

लुकेको प्रतिभालाई समान अवसर दिने नेपाल आइडलमा यसअघि पनि बुद्ध लामा, प्रताप दाश, रवि ओड, विक्रम बराल लगायतका कलाकारले अवसर पाएर अहिले नाम र दाम कमाइरहेका छन् । आज हुने नेपाल आइडल ३ को फाइनलमा प्रतिस्पर्धी र अत्यन्तै न्यून दर्शकको मात्र उपस्थिती हुने आयोजकले जनाएको छ ।

Loading...
प्रकाशित मिति १२ भाद्र २०७७, शुक्रबार १५:५०