ओलीको योजना : ५० लाख मत, १२० सिट

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घो’षणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चु’नावी योजना सार्वजनिक गरेका छन् ।मंगलबार आफू नि’कट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चु’नावी अभियान थालिने बताएका हुन् । उनले सो निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अ’भियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चु’नावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए ।‘हामीले गत निर्वाचनमा दुई पार्टी मिलेर १ सय १६ सिट ल्याएका थियौं । अब नेकपा एक्लैले १ सय २० सिट ल्याउने गरी चु’नावी माहोल सिर्जना गर्नेछौं ,’ प्रधानमन्त्री ओलीले भने ।उनले निर्वाचनकै क्रममा आँ’धीबेहरीका रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउने उ’द्घोष गरे । ‘आँ’धीतुफानका रूपमा पार्टीलाई अगाडि लिएर जाँदै छौं । हामी राजनीतिमा सम्पूर्ण ढंगले स’मर्पित भएर काम गर्छौं । सही विचार र उद्देश्यको ता’गत दुनियाँलाई देखाउँछौं,’ प्रधानमन्त्री ओलीले भने ।

Loading...
प्रकाशित मिति December 23, 2020