काउली बुढीको स्वरमा ‘धोकेवाज’ (भिडियो सहित}

काठमाण्डौ,२३ बैशाख।

नेपाली लोकदोहोरीका चर्चित हस्ती शिब हमाल र यस क्षेत्रमा राम्रो संभावना बोकेका नव गायक कृष्ण किसन “किस्मत”ले मार्मिक लोक दोहोरी कोसेली सार्वजनिक गरेका छन ।

चर्चित सर्जक शिब हमालको उत्कृष्ट लय तथा शब्द सिर्जना,गायक कृष्ण किसन “किस्मत” र सन्ध्या बुढा(काउली बुढी)को सुमधुर आवाज रहेको माया प्रेममा परि बिछोडिएका र एक अर्कालाई बिर्सन नसक्ने त्यस्ता मायालु जोडिहरूको मार्मिक कथालाई समेटिएको कृष्ण किसन “किस्मत”को लोकदोहोरी कोसेली “धोकेवाज” सार्बजनिक गरेका हुन्।

किङ स्टार प्रदिपको निर्देशन,बिजय लामाको छायाँकन,शिल्पा कार्की,आर्यन जेरी र प्रतिमा किशानको उत्कृष्ट अभिनय रहेको उक्त म्यूजिक भिडियोलाई मिलन बि के ले सम्पादन गरेका हुन भने हमाल म्यूजिकले बजार ब्यवस्थापन गरेको हो ।

भिडियो

Loading...
प्रकाशित मिति May 6, 2019