घरमा पैसाको कमी हुन नदिन उपाय – जान्नुहोस।

एजेन्सी – घर बाहिरको भागदौड र तनावबाट छुट्कारा तब मिल्छ जब हामी घर फर्किन्छौँ । घर आउनासाथ सामिलाई तनाव रहित वातावरण प्राप्त हुन्छ। किनकी घरमा सधै राम्रो उर्जा प्रदान गर्ने वास्तु हुने भएकाले घर आउनासाथ हामीले शान्त महशसु गर्ने गर्छौँ। तर वास्तु दोष छ भने हामीले उल्टै विभिन्न किसिमका समस्याको सामना गर्नु पर्दछ। आज हामी तपाईलाई घरमा हुने सकारात्मक र नकारात्मक वास्तुका बारेमा जानकारी दिदैछौ

घरको ढोका कस्तो हुनु पर्दछ ?
१) घरको मुख्य ढोकाबाट नै सधै सकारात्मक र नकारात्मक उर्जा प्रवेश गर्ने गर्दछ। त्यसैले सधै मुख्य द्वार सफा राख्नु पर्दछ। त्यस बाहेक वेलुकी कहिलै पनि घरको ढोका अध्यारो राख्नु हुँदैन्।

२) कयौँ व्यक्तिको वानी हुने गर्दछ, घरको मुख्य ढोकाको सामुन्ने जुत्ता चप्पल राख्ने। तर यसो गर्नु राम्रो मानिन्छ। ढोकाको सामुन्ने जुत्ता चप्पल राख्दा घरमा नकारात्मक उर्जा प्रवेश गर्ने गर्दछ।

३) वास्तुशास्त्रका अनुसार कहिलै पनि घरको मुख्य ढोकाका अगाडि टुटे फुटेका सामान राख्नु हुँदैन्।

४) घरको मुख्य ढोका कहिलै पनि घरको मध्य भागमा राख्नु हुँदैन्। वास्तुशास्त्रमा यसलाई अशुभ मानिने गरिन्छ।

५) वास्तु शास्त्रका अनुसार घरको ढोका खुल्ने वित्तिकै सामुन्ने सिढी राख्नु हुँदैन्। साथै मुख्यद्वार जहिले पनि खुल्लै राख्नु पर्दछ।

के गर्ने ?
घरमा सकारात्मक उर्जाको आकर्षीत गर्नका लागि घरको मुख्यद्वारमा स्वस्तिक चिन्ह बनाउनु पर्दछ।
घरको मुख्यद्वारमा रातो रंगको धाँगो बाध्नु पर्दछ। यसो गर्दा घरमा नकारात्मक उर्जा प्रवेश नगर्ने विश्वास गरिन्छ।

Loading...
प्रकाशित मिति २४ बैशाख २०७६, मंगलवार १७:२९