तेह्रथुमको फेदाप गाउपालिका -२ साबिक ओयाक्जुङ – ८ मझुवाका खड्क बहादुर जोगी युएईको जेलबाट मुक्त भई आफ्नौ घरमा आईपुग्नु भएको छ । करिब ५ वर्ष लामो जेल जीवनबाट मुक्त भई गत बिहिवार बिहान ४ बजे नेपाल आईपुग्नु भएका जोगी मंगलबार घर आईपुग्नु भएको हो । जोगी घर आउँदा स्थानीयहरू बाजागाजा सहित स्वागत गरेको थिए ।
जेल जीवन पश्चात् उनका शुभेच्छुकहरुले संकलन गरेको २ लाख दिराम (करिब ६१ लाख रुपैयाँ) ब्लडमनी बुझाएका कारण जोगी जेल मुक्त हुनुभएको खड्ग जोगी बचाउ अभियानका संयोजक देव बास्कोटाले ईजराईयलबाट जानकारी दिनुभयो ।
भिडियो हेरौ।
Loading...