काभ्रेमा काल्पनिक विमान दुर्घटना

काठमाडौं । आज काभ्रेको धुलीखेल नगरपालिका देवीथानस्थान डाँडामा विमान दुर्घटना भएको छ । दुर्घटनापछि विमानमा एक्कासी आगो लागेकाले आगो निभाउन र घाइतेको उद्दारको लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टिमहरु दौडधुप गरेर लागेका छन् । उद्दारको लागी खटिएको टोलीले करिब आधा घण्टासम्म घाइतेलाई स्ट्रेचरमा बोकेर हेलिकोप्टरसम्म र्पुयाउने, गाडीमा राखेर अस्पताल लैजाने काम गरे

दुर्घटनास्थलमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत पुगेका थिए । उहाँले दिएको जानकारी अनुसार दुर्घटनाग्रस्त भएको ट्वीनअटर ९ एन इको १०० इको विमान ‘तुम्लिङटारबाट काठमाडौं आउँदै गरेको अवस्थामा काभ्रेमा दुर्घटना भएको बताए । साथै विमानमा तीनजना चालकदलसहित १४ जना यात्रु गरी १७ जना सवार थिए । त्यसमध्ये १० जनाको मृत्यु भएको छ । ७ जना घाइते भएकामध्ये ६ जनालाई धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको अधिकारीले बताए ।

तर, यो सत्य घटनामा भने थिएन् । किनभने विमान दुर्घटनापछिको उद्दारको पूर्वअभ्यास थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले हरेक दुई वर्षमा यस्तो पूर्वाभ्यास गर्दै आएको छ । जसको आज काभ्रेमा अभ्यास भएको थियो ।

Loading...
प्रकाशित मिति May 8, 2019