डिभीको नतिजा हेर्ने वेबसाइटमा समस्या, नतिजा हेर्न के गर्ने ? पढ्नुहोस्

काठमाडौँ : मंगलबार सार्वजनिक भएको अमेरिकी डाइभर्सिटी भिषा (डीभी) २०२० को नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या देखिएको छ । वेबसाइटमा समस्या देखिएको बारे युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ काउन्सिलर अफेयरले ट्विट मार्फत एकै पटक अत्यधिक ‘एक्सस’ भएकाले समस्या आएको जानकरी दिएको हो ।

अमेरिकी सरकारको डीभी चिट्ठा नतिजा हेर्ने आधिकारिक वेबसाइट डिभीलटरी डट स्टेट डट जिओभीमा समस्या आएकाले भोलि वा पर्सिमा नतिजा हेर्न आवेदकलाई आग्रह गरिएको छ ।

Loading...
प्रकाशित मिति २५ बैशाख २०७६, बुधबार १३:४२