बेनीमा बस दुर्घटना १७ जना घाइते

बेनी / बेनीमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । सदरमुकाम बेनीबाट १२ जना यात्रु बोकेर तोरीपानीतर्फ गइरहेको ना ५ ख ५७२४ नम्बरको बस बुधवार साँझ ५ बजे बेनी नगरपालिका–९ भुतादैला नजिकबाट तल खस्दा सवार सबै यात्रु घाइते भएका छन् ।

बस दुर्घटनामा परी पूर्व सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका बनेपा–९ का यामबहादुर चोखाल, सोही ठाउँका रुद्रबहादुर चोखाल, पुष्कर शर्मा ओखले, वसन्त शर्मा ओखले, सागर बानियाँ लगायत घायते रहेका छन् ।घाइतेलाई उपचारका लागि बेनी अस्पतालतर्फ लगिएको छ । बस सडकदेखि अन्दाजी ७ मिटर तल खसेको थियो ।

Loading...
प्रकाशित मिति २५ बैशाख २०७६, बुधबार १४:३०