आखिर के भयो अमिताभ बच्चनलाई, गम्भीर चिन्ताजनक अबस्थामा

मुम्बई न्युज – चर्चित बलिउड अमिताभ बच्चन ३७ वर्षदेखि हरेक आइतबार जुहू स्थित आफ्नो निवास जलसा गेटमा आफ्ना सर्मथकलाई भेट्दै आएका छन। यो पटकको आइतबार भने उनी स्वास्थ्य समस्याका कारण आफ्ना सर्मथकहरुसँग भेट्न पाएनन। उनले आफु बिरामी भएका कारण फ्यानहरुलाई भेट्न नपाएको भन्दै दुःखेसो गरेका छन।

अमिताभ १९८२ देखि हरेक आइतबार आफ्ना सर्मथकसँग भेट्दै आएका छन।ट्वीटमा अमिताभले लेखेका छन आइतबार भेट हुन सक्दै। म बिरामी छु उनको ट्वीट पढेपछि उनका फ्यानहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन। उनलाई आराम गर्नको लागि सुझाउने फ्यानहरु पनि उस्तै रहेका छन। ट्वीटमा मात्रै होईन उनले ब्लगमार्फत पनि यसका बारेमा जानकारी दिएका छन।

उनले लेखे – आइतबार भेटघाट सम्भव भएन। ओछ्यानमा छु केही पिडा महसुस हुँदैछ। तपाईलाई जानकारी गराउँ गएको २० वर्ष देखि अमिताभ हेपीटाइटिस बी रोगबाट पिडित छन। उनको फोक्सो ७५ प्रतिशत खराब भएको छ र बाँकी २५ प्रतिशत काम गरिरहेको छ। यसकारण उनलाई समयसमयमा पेट दुख्ने समस्या हुने गर्दछ । फिल्म कुलीको शूटिङको समयमा जब उनी घाइते भए त्यो बेला देखि उनलाई हेपीटाइटिस बी लागेको हो ।

Loading...
प्रकाशित मिति २५ बैशाख २०७६, बुधबार १६:३१