जनयुद्धमा लागेको गोली जिउभरी बोकेर बाचिरहेकी महिला

काठमाडौ जनमुक्ति सेनाका सर्वोच्व कमाण्डरसमेत रहेका पार्टी अध्यक्ष प्रचण्ड स्वंय कमाण्डमा खटिएका थिए। देशैभरीबाट छापामार केन्द्रीत गरी आक्रमण गरिएको थियो। छापामारहरु मार या मरको अन्तिम प्रयास गर्दै थिए। भिषण लडाइ जारी थियो।

विभिन्न आक्रमणमा सहभागी भइसकेकी राममाया खारामा पनि खरो उत्रनेमा विश्वस्त थिइन् । तर, परिस्थिति बिल्कुल फरक बनिदियो। एकपछि अर्को गरी छापामार ढल्दै गए। युद्धको अग्रभागमा रहने एसल्ट ग्रुपकी मनमायालाई पनि गोली लाग्यो।दर्जनौँ माओवादीको ज्यान गएको र सयौँ घाइते भएको खारा युद्ध सम्झदा पनि मनमायाको अनुहार रातो हुन्छ।

पहिलो एसल्टमा लडदा लडदै लडाई अर्कै मोडमा पुगेको उनले सुँइको समेत पाइनन् । सँगै लड्दै गरेका एसाल्ट कमाण्डर पनि ठाँउका ठाँउ ढले । नेपाली सेनाले एण्टी घेरा हालिसकेको रहेछ । मनमायामाथि दर्जनौँ गोली बर्षिसकेका थिए । वरिपरि लासैलासको लस्कर थियो। अघिसम्म जोडतोडले लडिरहेका सहयोद्धाहरु सहिद बनिसकेका थिए । शरीरबाट भल्भल्ती रगत आइरहेको थियो । चोट शरीरमा कति हुँदो हो, तर उनलाई चिन्ता खारा लडाइ के हुने हो भन्नेमै थियो। लडाइ हारिएको र सेना अघि बढिरहेको हल्ला सुनियो।

लास र घाइते कुरी बसेका कमरेडहरु सेना आउँदैछ भन्ने सुनेपछि भागे । तर, रोल्पाकी एक मगर कमरेड टसको मस भइनन् । राममायालाई आफ्नो भन्दा सरसाउँदी ती कमरेडको माया लागेर आयो । राममायाले सुझाइन्–कमरेड तपाई जानोस्, म त त्यसै मर्दैछु, तपाई मरेकालाई कुरेर किन मर्नुहुन्छ ?

नाम थाहा छैन मनमायालाई । तर, ती महिलाको याद भने सधैँ आइरहन्छ । कस्तो अटल माया ! सायद ती महिला हिडेको भए मनमाया खारामै मर्थिन होला । उनी रुँघी बसिन् । केही समयपछि पल्टन कमाण्डर रमेश र परिवर्तन आइपुगे । हल न चलको अवश्थामा रहेकी मनमायालाई रमेश र परिवर्तनले जसोतसो बोकेर एचपी ग्रुपमा (घाइते राख्ने ठाउँ) लगे ।

मनमायालाई एचपी ग्रुपमा राखेर रमेश र परिवर्तन फेरि युद्धमा फर्किए । केहिसमयपछि मनमायाले थाहा पाइन् परिवर्तनसँगको त्यो बिदाइ सदाका लागि रहेछ । उनी केहि समयपछि सहिद भैसकेछन् । युद्धभित्रको क्रुरताको कुरा गरि साध्य छैन । युद्ध जितेको सेना अघि बढ्दै आयो । माओवादी छापामारहरु तितरबितर भइसकेका थिए । घाइतेहरु राखिएको ठाउँमै सेनाले हमला थाल्यो । भाग्न सक्ने घाइते भागे । नसक्नेहरु अधिकाँश मारिए ।

हल न चल कि मनमाया चाहेरपनि भाग्न सक्ने अवश्थामा थिइनन् । ज्यान त गोलीले छियाँछियाँ बनाइसकेको थियो । एक मुठी सास भने जसोतसो जोगिएको थियो । कालिकोटका कमरेड जनमले उनलाई पुर्नजन्म दिएजस्तै भयो । जनमले उनलाई त्यहाँबाट बोकेर नदौडेको भए काल टाढा थिएन ।

जसले बचाए आफु बचेनन्

खाराको लडाइ त्यत्तिकै सकिएन । लडाइमा हार बेहोरेको माओवादीलाई सरकार त्यही घानमा थप घायल पार्न चाहन्थ्यो । त्यसैले सेनाले लडाइबाट फर्कदै गरेका माओवादीलाई पिछा गर्न छाडेन । ठाउँठाउँमा बमबारी जारी थियो । हिड्दाहिड्दै छापामारहरु ढल्दै थिए । खानुखुट्नु केही थिएन । मनमायालाई स्हारेर बस्ने अबश्था चाहेरपनि कोही माओवादीको थिएन । उनी बाटोमै अलपत्र परिन् ।

दर्जनौँ छर्राका कारण असह्य पीडा हुँदा उनी मृत्यु जति सक्दो चाँडो आइदिए हुन्थ्यो भन्ने कामना गर्दै रहिन् । मृत्युको प्रतीक्षा गरिरहेकी थिइन् मनमाया, तर आइपुगे कमाण्डर बहुबीर । मनमायाको त्यो अवश्था देखेर बहुबीरले डाँको छाडे । लडाइले लखतरान बहुबीरले मनमायालाई बोकेरै सुरक्षित स्थानमा पु¥याए । मनमायालाई मृत्युको मुखबाट जोगाउने बहुबीर पनि म्याग्दीको लडाइमा सहिद भए । मृत्युको मुखबाट थुतेर निकाल्ने परिवर्तन र बहुबीर सम्झिदा मनमायाको मन थामिदैन ।

घाइते अबस्थामै प्रहरी हिरासतमा

रमिता जटिल घाइते थिइन उनको केश अरुको भन्दा खतराजन्य थियो । उनलाई उपचारको लागि भारत तर्फ लैजान निदेर्शन गरियो । सल्यान हुदै दाङ पुर्याइयो दाङमा ओनसरी घर्ति सेक्रेटरी थिइन उनिसंग भेट भयो । ओनसरी घर्तिको आत्मीयताले उनको मन शान्त भयो । त्यसपछि उनलाई अहिलेका राष्ट्रपति नन्द बहादुर पुन पासाङका भाई कमल पुनसंग उपचारमा भारत तिर हिडालियो ।

बाटाका अनेक अबरोधहरु छिचोल्दै उनिहरु भारतको हरियाना पुगे दुर्भाग्य पासाङका भाइ कमल त्यहिबाट समातिए । उनि समातिएपछि गएका घाइते सबै समातिए अरु भन्दा जटिल केश थियो रमिताको उनि पनि समातिइन । घाइते रमितालाई सोतर फाले जस्तै गाडिमा फालिन्थ्यो । चरम मानशिक यातना दिइन्थ्यो । तर उनि ति मानशिक शारीरीक यातनाबाट कहिल्यै गल्दैन थिइन ।

हिरासतमा उनको घाउ पाकेर किरा पर्ने अबस्थामा पुगिसकेको थियो । र पनि नेपाली सेनाको यातना रोकिने सुर थिएन । उनलाई भारतबाट कपिलबस्तु हुदै नेपालगञ्ज राँझा एयरर्पोटमा ल्याइयो । राँझा तत्कालिन मध्यपश्चिम बाहिनी थियो । जसको कमाण्डर थिए रुकमान्दगत कटुवाल ।

Loading...
प्रकाशित मिति २५ बैशाख २०७६, बुधबार १९:४९